Trending:

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल मोबाइल व्यवसायी आन्दोलितः सामसुङ मोबाइलको भिजिबिलिटी देशभर बन्द चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा एप्पलको आइफोन १६ सार्वजनिक, यस्ता छन् फिचर एप्पलले आज ‘आइफोन १६ सिरिज’ सार्वजनिक गर्दै टिकटक चल्न सुरु भएसँगै एनसेलले ल्यायो नयाँ टिकटक प्याक नेपाल टेलिकमले हटायो टिकटकको प्रतिबन्ध अनरले सार्वजनिक गर्यो विश्वको सबैभन्दा पातलो फोल्ड गर्न मिल्ने फोन एनसेल एपबाटै पुलिस रिपोर्टका लागि आवेदन दिन सकिने टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी आजदेखि टिकटक पूर्ण रुपमा चल्ने स्मार्टचोइस टेक्नोलोजिजले ल्यायो ‘तिर्की दाउः ट्रायल अफर’, ७ सय ७७ रुपैयाँसम्म क्यासब्याक ग्यालेक्सी ए०६ भदौ २३ गतेदेखि नेपाली बजारमा नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री रियलमीको डिलर्स मिट सम्पन्न थप पाँच वर्षलाई नवीकरण भयो एनसेलको लाइसेन्स ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक फोनपेले सुरु गर्‍यो बोहनी नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय खल्तीद्वारा ‘नयाँ सुरक्षा प्याकेज सार्वजनिक नेपाल टेलिकम सम्बन्धी गुनासो छ ? यी नम्बरमा गर्नुहोस् नि:शुल्क फोन ओप्पोले नयाँ एआई फोन रेनो१२ सार्वजनिक, कति पर्ला मूल्य ? बाइडेन प्रशासनले कन्टेन्ट हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप यसरी भएको थियो एटीएम आविष्कार ५ दिनमा १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स खारेज नयाँ भर्जनमा आयो बीवाईडी एट्टो ३, यस्ता छन् प्रविधि, डिजाइन र मूल्य पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान आईफोन १६ सार्वजनिक हुँदै नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा एडिबीले नेपाललाई थप सहयोग गर्ने प्रतिबन्ध हटाए पनि अझै खुल्दैन टिकटक, यस्ता छन् सर्तहरू ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’ ई–सेवाका एजेन्टले कुमारी बैंकबाट बिनाधितो २ लाखसम्म कर्जा पाउने सामसङले ग्यालेक्सी ए र ग्यालेक्सी ट्याब एस९ एफइ सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण युट्युबमा भिडियो थम्बनेल आकर्षक बनाउने तरिका राष्ट्रिय युवा संघ नेपालले नेपालमा ‘एआई’ सम्मेलन गर्दै बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी के तपाई वेबसाइट बनाउने सोचमा हुन्छ ? यी कुरामा अवश्य ध्यान दिनुहोस् क्यामरा किन्दा ध्यान दिनुपर्ने कुराहरु डिजिटल माध्यम मोबाइल बैंकिङ प्रयोग गर्दा ध्यन दिन पर्ने आधारभूत कुराहरु सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा नेपाल टेलिकमको सेवा आज राति चार घण्टा प्रभावित हुने नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य
अपडेट

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

९ श्रावण २०८०, मंगलवार ०६:५०

९ श्रावण, काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण रू दुई खर्ब आठ अर्ब ३८ करोड २१ लाख थपिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८–७९ को असार मसान्तसम्ममा यस्तो ऋण रू २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । गत आर्थिक वर्षमा मात्र रू एक खर्ब ४० अर्ब ८७ करोड ९९ लाख बराबर आन्तरिक र रू ६७ अर्ब ५० करोड २२ लाख बराबर बाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

साँवा–ब्याजको दायित्व पुँजीगत खर्चकै हाराहारी

गत आर्थिक वर्ष २०७९–८० मा नेपालको पुँजीगत खर्च रू दुई खर्ब ३३ अर्ब ६९ करोड बराबर हो । सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गतवर्ष सरकारले गरेको खर्च पनि विकास खर्चकै हाराहारी छ । गत वर्षमा ऋणको साँवा ब्याज भुक्तानीमा सरकारले रू दुई खर्ब २२ अर्ब ७४ करोड २१ लाख खर्च गरेको छ । जसमध्ये, आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानी रू एक खर्ब ७९ अर्ब ७२ करोड ५३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा रू ४३ अर्ब एक करोड ६८ लाख बराबर खर्च भएको छ ।

सरकारले गत वर्ष आन्तरिक ऋणको साँवा मात्रै रू एक खर्ब १५ अर्ब ११ करोड ७८ लाख बराबर तिरेको छ । त्यस्तै, आन्तरिक ऋणको ब्याजमा रू ६४ अर्ब ४९ करोड ४२ लाख र नेपाल राष्ट्र बैंकलाई तिर्ने कमिसनमा रू ११ करोड ३३ लाख बराबर खर्च भएको छ । बाह्य ऋणमा भने रू ३४ अर्ब ६१ करोड ७९ लाख बराबर साँवा र रू आठ अर्ब ३९ करोड ८९ लाख बराबर ब्याज भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९–८० मा नेपालले रू तीन खर्ब ३८ अर्ब ११ करोड ७८ लाख बराबर आन्तरिक र बाह्य ऋण उठाएको छ । आन्तरिकतर्फ रू दुई खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख र बाह्यतर्फ रू एक खर्ब दुई अर्ब १२ करोड बराबर ऋण उठाइएको छ ।

जिडिपी–ऋण अनुपात ४५ दशमलव ८० प्रतिशत

अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार रू ४८ खर्ब ५१ अर्ब ६२ करोड रहेको छ । जिडिपीको यो आकारलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४५ दशमलव ८० प्रतिशत पुगेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै सार्वजनिक ऋण बढेकामा आलोचना हुने गरेको छ ।

एक दशकमा चार गुणाले बढ्यो सरकारी ऋण

आर्थिक वर्ष २०७०–७१ मा नेपालको सार्वजनिक ऋण रू पाँच खर्ब ५३ अर्ब ५० करोड ७० लाख बराबर थियो भने उक्त वर्ष जिडिपीमा सार्वजनिक ऋणको अनुपात २८ दशमलव ५१ प्रतिशत बराबर थियो । पछिल्लो करिब एक दशकमा नेपालको सार्वजनिक ऋण चारगुणाले बढेको छ भने जिडिपीमा ऋणको अनुपात दोब्बरले बढेको छ ।पछिल्लो पाँच वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढीले बढेको छ । आर्थिक वर्ष २०७३–७४ मा नेपालको सार्वजनिक ऋण रू छ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो ।

भूकम्पपछिको पुनःसंरचनाका लागि नेपालले ऋण मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष २०७४–७५ सम्ममा रू नौ खर्ब १७ अर्ब ३१ करोड पुग्यो । त्यसपछि आर्थिक वर्ष २०७५–७६ मा रू १० खर्ब ४८ अर्ब १५ करोड, आर्थिक वर्ष २०७६–७७ मा रू १४ खर्ब ३३ अर्ब ४० करोड, आर्थिक वर्ष २०७७–७८ मा रू १७ खर्ब ३७ अर्ब ६३ करोड र आर्थिक वर्ष २०७८–७९ सम्ममा रू २० खर्ब १३ अर्ब २९ करोड बराबर पुगेको थियो ।

प्रतिव्यक्ति ऋण रू ७६ हजार एक सय ७७

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना, २०७८ अनुसार कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कूल सार्वजनिक ऋणलाई कूल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण रू ७६ हजार एक सय ७७ बराबर पर्न जान्छ ।

यसवर्ष थप रु चार खर्ब ५२ करोड ऋण उठाउने लक्ष्य

सरकारी राजस्व सङ्कलनको तुलनामा ठूलो आकारको बजेट ल्याउँदा सरकारले आन्तरिक र बाह्य ऋणलाई बजेट स्रोतका रुपमा देखाउँछ । सरकारले चालु आर्थिक वर्ष २०८०–८१ को घाटा बजेट पूर्ति गर्नका लागि रू चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये रू दुई खर्ब ४० अर्ब आन्तरिक र रू दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य ऋण उठाउने सरकारको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?