Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

कोड फेस्ट २०२३ सम्पन्न

कोड फेस्ट २०२३ सम्पन्न
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

कोड फेस्ट २०२३ सम्पन्न, सुदुरपस्चिमको नास्ट टिम बन्यो विजेता कोड फर चेन्ज द्वारा आयोजित नेपालकै ठूलो भनिएको ह्याकथन कोडफेस्ट २०२३ काठमाडौंमा सम्पन्न भएको छ। कोड फोर चेन्जले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको कुरा कोड फर चेन्ज का प्रोजेक्ट लिड कृष्ण प्रसाद पोखरेल ले बताउनु भयो। कोड फर चेन्जले स्थापना कालदेखि नै नेपालमा प्रविधि पढिरहेका विद्यार्थीहरुको व्यक्तिगत र व्यवसायिक विकासको लागि विभिन्न वर्कशप, बुटक्याम्प, टेक कन्केल्भ लगायतका कामहरु गर्दै आएको छ भने टेक्नोलोजीको सहि प्रयोग बारे जनचेतनामुलक कार्यक्रम पनि गर्दै आएको छ। नेपाल कै ठूलो टेक अर्गनाइजेसन कोड फर चेन्जले अगस्ट देखि अक्टोबर सम्म सन्चालन भएको कोडफेस्ट २०२३ नेपालको सातवटा प्रदेशमा सम्पन्न गरि अक्टोबर ९, १०,११ मा ग्रान्ड फिनाले भव्यताका साथ सम्पन्न गरेको छ। कोडफेस्टमा विभिन्न प्रदेश बाट १०० प्लस टिम दर्ता भएका थिए, जसमध्ये प्रदेश स्तरीय प्रतिस्पर्धा बाट वाग्मती प्रदेश बाट तीन उत्कृष्ट टिम र अन्य प्रदेशबाट एक-एक उत्कृष्ट टिम गरि जम्मा ९ ओटा टिम छनोट भइ राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्न काठमाडौ आइपुगेका कुरा कोडफेस्ट २०२३ का एक्जिक्युसन लिड सि.एम. भट्टले जानकारी दिनुभयो। सहभागीहरुले ७ ओटा सस्टेनबल डेभलपमेन्ट गोलहरु (SDGs) गुड हेल्थ एण्ड वेल बीईङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटी, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड ष्ट्रोङ्ग इन्स्टिच्युसनमा आधारित रहेर कुनै समस्याको समाधान टेक्नोलोजीको प्रयोग गरेर प्रोजेक्ट मार्फत ४८ घण्टा भित्र तयार गरि प्रदर्शन गर्नु पर्ने थियो। कार्यक्रम हरेक प्रदेशमा सम्पन्न गरि ४८ घण्टे ह्याकथन अक्टोबर ९ र १० मा हिमायल कलेज अफ इन्जिनियरिङ ललितपुर मा भयो भने ग्रान्ड फिनाले ज्यापू प्रज्ञा प्रतिष्ठान ललितपुरमा विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ सम्पन्न भएको छ। कोडफेस्ट २०२३ को विजेता टिम नास्ट बनेको छ। टिम नास्ट सुदुरप्रदेशको महेन्द्रनगर मा भएको प्रादेशिक आडियाथन बाट उत्कृष्ट भएर राष्ट्रिय प्रतिस्पर्धाको लागि चयन भएको थियो। उक्त टिमले गुड हेल्थ एन्ड वेल विङ मा आधारित ब्लड-लिन्क प्रोजेक्ट प्रस्तुत गरेका थिए। त्यसै गरि फर्स्ट रनर अप टिम अमृत साईन्स क्याम्पस ( बाग्मती प्रदेश ) हात पार्न सफल भएको छ, उक्त टिमले SDG-11 अन्तर्गत रहेर खेती सिटि प्रोजेक्ट प्रस्तुत गरेको थियो। त्यसै गरि सेकेन्ड रनर अप टिम मेची मभरिक्स ( प्रदेश न. १) बाट रहेको छ। टिम मेची मभरिक्स ले रोडसेन्स प्रोजेक्ट प्रस्तुत गरेका थिए जस्ले सडकमा हुने दुर्घटनाहरु डिटेक्सन गरि संबंधित निकायलाइ घट्ना बारे रियल टाइम अलर्ट दिने छ। कोडफेस्ट २०२३ को विजेताले रु ५०,००० /- नगद सहित होस्टिङ पार्टनर को तर्फबाट निशुल्क वेब होस्टिङ, knowledge पार्टनरको तर्फबाट ३ महिनाको निशुल्क subscription प्याकेज र ग्याजेट पार्टनर U-Soft कम्प्युटरको तर्फबाट ल्यापटप सर्भिस मा ५०% छुट प्राप्त गरेका छन। कोडफेस्ट २०२३ को फर्स्ट रनर अप टिमले रु २५,००० /- नगद सहित होस्टिङ पार्टनर को तर्फबाट निशुल्क वेब होस्टिङ, knowledge पार्टनरको तर्फबाट ३ महिनाको निशुल्क subscription प्याकेज र ग्याजेट पार्टनर U-Soft कम्प्युटरको तर्फबाट ल्यापटप सर्भिस मा ५०% छुट प्राप्त गरेका छन। र कोडफेस्ट २०२३ सेकेन्ड रनर अप टिमले रु १५,००० /- नगद सहित होस्टिङ पार्टनर को तर्फबाट निशुल्क वेब होस्टिङ, knowledge पार्टनरको तर्फबाट ३ महिनाको निशुल्क subscription प्याकेज र ग्याजेट पार्टनर U-Soft कम्प्युटरको तर्फबाट ल्यापटप सर्भिस मा ५०% छुट प्राप्त गरेका छन। साथै सहभागी सबै टिमले होस्टिङ प्याकेजमा ३०% छुट र U-Soft को तर्फबाट ५०% छुट ल्यापटप सर्भिसङ प्राप्त गरेका छन। कोडफेस्ट २०२३ को गोल्ड स्पोन्सर थ नेक्स्ट एजुकेसन कन्सल्टेन्सी , हिलालय कलेज अफ इन्जिनियरिङ , टेक्सास कलेज, सगरमाथा कलेज रहेका थिए। यसै गरि सिल्बर स्पोन्सर मा समृद्धि कलेज, सेन्ट लोरेन्स कलेज, आइटी कम्पनी पार्टनर इन्टुजी, एसोसिएट पार्टनर क्याथफोर्ड इन्टर्नेसनल कलेज, ट्रेनिङ पार्टनर दुरशिक्षा, होस्टिङ पार्टनर होस्टिङ सेवा, नोडिट होस्ट, एस्मेस पार्टनर Creative SMS, ग्याजेट पार्टनर U-Soft Computer Infosys, knowledge partner Programiz, Omdena, एकेडेमीक पार्टनर Ambekeshwari Campus, T-shirt partner Tshirt Nepal, Celebration partner Cake station, सपोर्टिङ पार्टनर Microsoft, Computer Association of Nepal, Trainocate South East Asia New Market मिडिया पार्टनर Tech Sathi , ICT Frame र थुप्रै आउट रिच पार्टनर र क्म्युनिटी पार्टनर पनि रहेका छन।यसै गरि प्रदेश स्तरीय कार्यक्रममा पनि थुप्रै पार्टनरहरु रहेका थिए। यो राष्ट्रिय स्तरको कार्यक्रमले नेपालभरिको आइटी क्षेत्रमा ठूलो प्रभाव परेको र थुप्रै विद्यार्थीहरुको लागि प्याटफर्म बनाएको दावी आयोजक टिमले गरेका छन। निरन्तर यस्ता कार्यक्रमहरु गर्दै जाने टेक्नोलोजीको प्रयोग गरि सकरात्मक परिवर्तनको लागि सधैं कोड फर चेन्ज प्रतिबद्ध रहेको कुरा प्रोजेक्ट लिड कृष्ण प्रसाद पोख्रेल ले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?