१९ जेष्ठ २०८०, शुक्रबार

फेसबुकले दियो रुस विरुद्द हिंसात्मक अभिव्यक्तिको स्वतन्त्रता !



फेसबुकले आफ्नो हिंसात्मक भाषण सम्बन्धी नियमलाई केही खुकुलो पार्दै अब रुसको विरुद्धमा हिंसात्मक भाषणलाई अनुमति दिएको छ।

फेसबुकको नियमानुसार कुनै व्यक्ति, समुदाय वा देशको बारेमा कुनै प्रकारका हिंसात्मक टिका टिप्पणी वा भाषण गर्न पाइँदैन तर रुस र युक्रेन बिचको लडाई चर्किँदै गर्दा फेसबुकले युक्रेनलाई समर्थन गर्दै उक्त सहजता प्रदान गर्ने भएको हो। अब फेसबुक प्रयोगकर्ताहरूले खुलेर रुसको विरुद्ध बोल्न र लेख्न सक्ने छन्।

यसअघि फेसबुकले रुसमा आफ्नो सञ्जाल बन्द गर्ने धम्की दिएसँगै रुस आफैँले आफ्नो देशमा उक्त सञ्जाल बन्द गरिदिएको थियो, रुसको सेन्सरशिप एजेन्सी रोसकोम्नाडजोरले फेसबुकमाथि रुसी मिडियालाई भेदभाव गरेको आरोप लगाएको थियो ।

फेसबुक सँगै इन्स्टाग्राममा पनि रुस विरुद्ध हिंसात्मक भाषण व्यक्त गर्न पाइने भएको छ भने युरोपेली शक्ति राष्ट्रहरू लगायतले आफ्ना विभिन्न प्रकारका कारोबारहरू रुसमा बन्द गरिसकेका छन्। रुसी आक्रमणको विरुद्धमा उभिँदै युक्रेनलाई समर्थन जनाउनका निम्ति उक्त कम्पनीहरूले यसो गरेका हुन्।

 


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले