१४ भदाै, काठमाडाैँ । कुनै पनि स्टार्टअप सुरु गर्दा त्यसलाई विचारबाट एमभिपिसम्म पुर्याउन बिचमा एउटा मुख्य चरण हुन्छ। तपाइले सोचेको विचारलाई सही रूप दिन र सही ढाँचा दिन त्यसको सही रूपमा बजार अनुसन्धान गर्नु आवश्यक छ।
के हो बजार अनुसन्धान?
बजार अनुसन्धान भनेको तपाईँले ल्याउन खोजेको स्टार्टअप कुन बजारमा लग्दा वा प्रवेश गराउँदा ठिक हुन्छ भन्ने विश्लेषण गर्नु हो। बजारको प्रवृत्ति, उद्योगको प्रवृत्ति, बजार गतिशीलता, बजारको माग, लक्षित दर्शकहरू र अन्य सम्भावित ग्राहकहरूलाई हेर्न र बुझ्न बजार अनुसन्धान आवश्यक छ।
यसबाट तपाइले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रतिस्पर्धीहरू पहिचान गर्ने मौका पाउनु हुन्छ। यसरी सबै कुरा बुझेर तपाइले व्यावसायिक निर्णयहरू गर्न सक्नु हुनेछ। बजार अनुसन्धान केवल रिपोर्टहरू सिर्जना गर्ने काम होइन।
यसले तपाईँको कार्यलाई अझै प्रभावित गर्दछ। यसको मदतले तपाइले गर्नु पर्ने कार्यको ढाँचा अनि आवश्यक फेरबदल एमभिपि पूर्व नै सक्नु हुनेछ।
राम्रो बजार अनुसन्धान भनेको बजारमा के भइरहेको छ भन्ने कुरा सुन्नु पनि हो। उपभोक्ताको मनमा के भइरहेको छ ? उनीहरूको कस्तो आवश्यकता छ? के तपाइले साची नै उनीहरूको आवश्यकतालाई पुरा गर्नु भएको छ?
यस्ता विषयमा एकीकृत हुँदा तपाईँको स्टार्टअपले दिशा परिवर्तन गर्न सक्छ। तर त्यो परिवर्तन राम्रोको लागि हुनेछ।
स्टार्टअपको लागि बजार अनुसन्धान किन महत्त्वपूर्ण छ?
स्टार्टअपको लागि बजारमा रहेका विकल्प र समस्या अनुसन्धान गर्न महत्त्वपूर्ण छ। तपाईँको ठुलो स्टार्टअप विचारलाई यदि समय मै बाटोमा लगाइएन भने त्यसले सही दिशा पाउँदैन। तपाईँको उत्पादन वा सेवा कागजमा त राम्रो सुनिएला तर के त्यो साछी नै बजारको लागि सान्दर्भिक छ त भनेर बुझ्न नि आवश्यक छ ।
तपाईँको विचारहरू परीक्षण गर्न सक्ने
यसरी बारम्बार तपाइको स्टार्टअपको विचार सोच्ने, छलफल गर्ने गर्दा तपाइको विचार अझै मिसिँदै अनि राम्रो बन्दै जान्छ।
के तपाइको स्टार्टअपको माग छ? के यसले कुनै ठोस समस्या समाधान गर्छ? यस्ता प्रश्नको भित्री उत्तर बुझ्न सकिन्छ। त्यसै माथि तपाइले मज्जाले प्रचार प्रसार गरेर मेरो स्टार्टअपलाई ठुलो बनाउँछु भन्नु पनि नमिल्ने कुरा हो।
समय उचित छ कि छैन?
कति स्टार्टअपमा त समयले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। जब तपाईँ बजार अनुसन्धान गर्नु हुन्छ तर यो पनि थाहा पाउनु हुन्छ कि तपाइले बनाउँदै गरेको उत्पादन वा सेवा यो समयको लागि ठिक छ कि नाइँ?
यदि टिकटक अहिले भन्दा १० वर्ष पहिले आएको भए यति प्रचलित हुने थिएन जति अहिले छ। यसको कारण यो पनि हो कि अहिले सबैको हातमा इन्टरनेट र फोन छ र सबैले टिकटकको मजा उठाउन सक्छन्।
यस्तै तपाइको स्टार्टअप पनि अहिलेको लागि बनेको हुन सक्छ कि नाइँ भनेर बुझ्न पनि बजार अनुसन्धान आवश्यक छ।