© 2021-2024
२५ भदाै, एजेन्सी। ब्राजिलले पावर एडप्टर(चार्जर) नहुने आइफोनको बिक्रीमा प्रतिबन्ध लगाउने जनाएको छ ।
ब्राजिलको उपभोक्ता एजेन्सी सेनाकोनले नयाँ आईफोनमा पावर एडेप्टरहरू समावेश नगर्ने एप्पलको निर्णयले अपूर्ण उत्पादन बेचेर उपभोक्ताहरू विरुद्ध भेदभाव गरेको बताएउँदै प्रतिबन्ध लगाउने जनाएको हो। एप्पलले प्रतिबन्ध विरुद्ध अपील गर्ने बिबिसीमा उल्लेख छ।
एप्पलले एक विज्ञप्तिमा रोयटर्सलाई ब्राजिलको समस्या समाधान गर्न थप सहकार्य गर्ने बताएको छ। यसअघि ब्राजिलमा यस मुद्दामा धेरै अदालती निर्णयहरू जितिसकेको पनि एप्पलले दाबी गरेको छ।
‘हामी विश्वस्त छौं कि हाम्रा ग्राहकहरू आफ्ना डिभाइसहरू चार्ज गर्न र जडान गर्नका लागि विभिन्न विकल्पहरू बारे सचेत छन्,’ एप्पलले भनेको छ।
एप्पलले आईफोन १४, आईफोन १४ प्रो र एप्पल वाच अल्ट्रा सार्वजनिक गर्नु अघि नै ब्राजिलले यूएसबी पावर एडेप्टर बिना आईफोनहरूको बिक्रीमा जरिवाना र प्रतिबन्ध लगाउने घोषणा गरिसकेको थियो।
साओ पाउलोको उपभोक्ता संरक्षण एजेन्सीले गत वर्ष एप्पललाई २० लाख पाउन्ड जरिवाना लगाएको थियो। आईफोन १२ र त्यसपछिका प्रत्येक मोडेल चार्जरहरू बिना बिक्री भएकाले उपभोक्ता कानूनको उल्लङ्घन गरेको आरोपमा उक्त जरिबाना गरिएको थियो।
त्यस्तै, मंगलबार एक विज्ञप्तिमा ब्राजिलको न्याय र सार्वजनिक सुरक्षा मन्त्रालयले एप्पललाई १२.२७५ मिलियन अर्थात् रेइस २४ लाख पाउण्ड जरिवाना गरेको बताएको छ।