Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

गुनासो राख्न विद्युतीय मतपेटिका

२५ भाद्र २०७९, शनिबार १२:२९

२५ भदाै, नुवाकोट । सेवा प्रदायक संस्थामा गुनासो/सुझाव पेटिका राख्नैपर्ने व्यवस्था छ तर पछिल्लो समय सेवा प्रदायक संस्थाको भित्तामा राखिने काठ वा टिनबाट बनेका पेटिकाको प्रयोग न्यून मात्रामा भएको पाइन्छ । कुनै कार्यालयको पेटिका त वर्षौँपछि खोल्दा पनि खाली देखिन्छ । त्यस्ता परम्परागत गुनासो/सुझाव पेटिका प्रयोगविहीन अवस्थामा पुगेपछि जिल्ला प्रशासन कार्यलयले सञ्चालनमा ल्याएको छ– विद्युतीय गुनासो पेटिका ।

सूचना प्रविधिको विकाससँगै सेवाग्राही तथा सरोकारवाला निकायलाई आफ्ना सुझाव तथा गुनासो राख्न सहज होस् भन्ने उद्देश्यले विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । “प्रशासन कार्यालयबाट मात्र नभई जिल्लामा रहेका सेवा प्रदायक सबै संस्थाहरुबाट प्रवाह हुने सेवाका बारेमा विद्युतीय गुनासो पेटिकामार्फत आफ्ना गुनासा राख्न सक्नुहुनेछ”, रिसालले भने, “गुनासो पेटिकामा आउने गुनासो तथा सुझाव सिधै प्रमुख जिल्ला अधिकारीकोमा आउनेछन् । गुनासो तथा सुझावको प्रकृति हेरेर हामी सम्बोेधन गर्ने प्रयास गर्नेछौँ । जिल्ला प्रशासनबाहेक अन्य कार्यलयमा आएको गुनासो सम्बन्धित कार्यालयमा जानकारी गराउनेछौँ ।”

 

जिल्ला प्रशासन कार्यलय नुवाकोटले गएको हप्तादेखि विद्युतीय गुनासो पेटिका सञ्चालनमा ल्याएको हो । प्रयोगकर्ताले गुगल फारममार्फत प्रयोग गर्नुपर्ने पेटिकामा गुनासो वा उजुरीकर्ताको नाम र फोन नम्बरसहित गुनासो गर्न चाहेको निकाय उल्लेख गरी गुनासोसहित आफ्ना सुझाव राख्न सक्ने छन् ।

उजुरीकर्ताको नाम गोप्य रहने प्रमुख जिल्ला अधिकारी रिसालको भनाइ छ । “गुनासो व्यवस्थापनका लागि जिल्लास्तरीय संयन्त्र निर्माण गर्न लागेका हौँ । सेवाग्राही सेवा लिन आउँदा सहज–असहज परिस्थिति सिर्जना भएको हुनसक्छ । तत्काल त्यस्ता कुरा सम्बन्धित निकायलाई जानकारी गराउन सक्ने अवस्था नहुन सक्छ । परम्परागत सुझाव पेटिकामा आफ्ना भनाइ राख्न इच्छा नगर्नेहरु पनि हुन्छन् । भौतिक उपस्थिति नभई मोबाइलबाटै सहजरूपले आफ्ना कुरा राख्न सक्ने माध्यमको खोजी गरेका हौँ”, उनले भने ।

एक हप्ताको बीचमा पाँचवटा गुनासो प्राप्त भइसकेको उनले बताए । राहदानी र राष्ट्रिय परिचयपत्रसहित स्वास्थ्यको क्षेत्रमा चासो राखिएका गुनासा प्राप्त भएको उनको भनाइ छ । राम्रो कामको सुरुआत भन्दै प्रतिक्रिया दिनेहरू पनि रहेकाले क्रमशः विद्युतीय गुनासो पेटिकाको प्रयोगकर्ता बढ्दै जाने प्रमुख जिल्ला अधिकारी रिसालको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?