Trending:

फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता
अपडेट

उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्यमा क्यानका निवर्तमान अध्यक्ष कुँवरको उम्मेदवारी

उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्यमा क्यानका निवर्तमान अध्यक्ष कुँवरको उम्मेदवारी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा क्यान महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले उम्मेदवारी प्रस्तुत गरेका छन् । केन्द्रीय कार्यसमिति सदस्य पदमा १२३ वस्तुगत संघहरूको तर्फबाट उनले उम्मेदवारी प्रस्तुत गरेका हुन् । उनले विभिन्न बुँदासहित उनको उम्मेदवारी र प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । चैत्र २८ र २९ गते महासंघको निर्वाचन हुँदैछ ।

यस्तो छ कुँवरको प्रतिबद्धतापत्र

  1.  आईसीटी कुनै व्यवसाय वा सुविधा होइन, यो त आधुनिक विकासको पूर्वाधार हो जसको जगमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, उद्योग व्यवसाय, सम्बन्ध र ज्ञान उभिएका छन् । यही अत्यावश्यक सेवाको जगमा सबै उद्यम र व्यवसाय फस्टाएका छन् । यसर्थ यसको विकास, विस्तार तथा प्रवद्र्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउनका लागि सरकारसँग सहकार्य गर्न ।
  2.  डिजिटल साक्षरता बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत अन्य पेमेण्ट भेण्डर तथा अनलाइन व्यवसायसँग समन्वय र सहकार्य गर्न ।
  3.  नेपालमा मोबाइल सेवा तथा इण्टरनेट सब्स्क्राइब गर्नेको संख्या मुलुकको कुल जनसंख्याको अनुपातमा क्रमशः २७ र ३१ प्रतिशतले बढी भए पनि त्यसको व्यावसायिक विकास भने हुन सकेको छैन । यस्तो अवस्थामा त्यसको प्रभावकारी विकास र प्रयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघ, सरकार र सम्बन्धित क्षेत्रका नियामक र उद्योग व्यवसायसँग समन्वय र सहकार्य गर्न ।
  4. अत्यधिक करका कारण नेपालको इण्टरनेट सेवा दक्षिण एशियामै महँगो बनेको छ । त्यसैले सूचना तथा सञ्चार प्रविधि नीति २०७२ मा उल्लेख गरे अनुसार सूचना तथा सञ्चारलाई सबैको पहुँचयुक्त र क्रयशक्ति योग्य बनाउन । सूचना तथा सञ्चार प्रविधिमार्फत दिगो, फराकिलो तथा समावेशी आर्थिक एवम् सामाजिक विकासमा योगदान दिन ।
  5. आईसीटी सेवा तथा व्यवसायलाई सम्बोधन गर्ने गरी डिजिटल साक्षरता बढाउन, त्यसमा सरकारलाई परामर्श दिन एवम् सो कार्यमा नेपाल उद्योग वाणिज्य महासंघको सहभागितालाई अझ प्रभावकारी र नतिजामूलक बनाउन ।
  6. नेपाललाई प्रविधिको पहुँच र प्रयोगमार्फत डिजिटल विकासको दिशामा लैजान कार्यान्वयनमा ल्याइएको डिजिटल नेपाल फ्रेमवर्क र सूचना तथा सञ्चार प्रविधि नीति २०७२ जस्ता नीति तथा कार्यक्रमको कार्यान्वयनमा सरकारलाई सघाउन । र, सो क्रममा निजी क्षेत्रका व्यवसायको हित सुनिश्चित हुने गरी नीति कार्यान्वयन गर्न सम्बन्धित निकायलाई घच्घच्याउन ।
  7. नेपालमा डिजिटल अर्थतन्त्रको भविष्य र अर्थसामाजिक संभावना बारेको रोडम्यापबारे भिजन निर्माण गर्न सरकारलाई सघाउन । व्यावसायिक संभावनाको विस्तार गर्न र नीतिगत सुधार तथा विकासका लागि सरकार तथा व्यवसायीलाई सुझाव दिन तथा त्यसका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय संघसंस्थासँग सकार्य गर्न ।
  8. नेपाल उद्योग वाणिज्य महासंघले निर्माण गरेको र नेपाल सरकारले इन्डोर्स गरेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सूचना प्रविधिको प्रयोगलाई अझ घनीभूत बनाउन ।
  9. बैंकिङ, युटिलिटी पेमेण्ट, यातायात र राजस्वलाई पूर्णरुपमा डिजिटलाइज्ड गरी व्यवसायिक विकासमा सहयोग गर्न सक्ने बनाउन । मानिसहरु बैंकसम्म जानै नपर्ने, कुनै पनि आर्थिक कारोबारमा खल्तीबाट नगद झिकेर बिल भुक्तानी गर्नु नपर्ने र सकेसम्म पैसालाई भौतिकरुपमा देख्नै नपर्ने अवस्था सिर्जना गर्ने दिशामा काम गर्न ।
  10. सूचना प्रविधि सम्बन्धि सामान एवं सेवा आयात, निर्यातमा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटि सञ्चालनमा रहेको अव्यवहारिक कर नितिका सम्बन्धमा तथा इकमर्स व्यवसाय सञ्चालनमा व्यवसायीका हितको रक्षा गर्न ।
  11. सूचनाप्रविधि क्षेत्रमा ठूलो संभावना रहे पनि त्यसलाई उपयोग गर्न सकिएको छैन । त्यस संभावनामा व्यावसायिक विकासका लागि सरकार र निजी क्षेत्रवीच वृहत्तर सहकार्य तथा सहमति निर्माण गर्न ।
  12. नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत, जिल्ला तथा नगर संघहरुलाई सूचनाप्रविधिमा अझ सबल बनाउन । महासंघका गतिविधि तथा सेवालाई पूर्णतः सूचना प्रविधिमैत्री बनाउन । बस्तुगत संघ, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई सूचना प्रविधि नेटवर्कमार्फत जोडी प्रभावकारी र वृहत राष्ट्रिय सञ्जालको विकास गर्न ।
  13. जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, संस्थागत सदस्य तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुवीच प्रविधिमार्फत अन्तक्र्रिया बढाउन ।
  14. सूचना प्रविधि तथा सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित तथा प्रवद्र्धन गर्न । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघमा हाल भएको संरचनालाई अझ प्रभावकारी बनाउनका लागि सूचना गेटवे निर्माण गर्न र सञ्चालन गर्न ।
  15. सम्भावित वातावरणीय, आर्थिक, सामाजिक तथा प्रविधिको क्षेत्रमा आउने चुनौतिको सामना गर्ने खालका खोज तथा अनुसन्धानलाई प्रोत्साहित गर्न । यस क्षेत्रमा जनशक्ति विकास गरी निजी उद्यमलाई सघाउन ।
  16. सञ्चार तथा सूचना प्रविधिमा आधारित साना उद्योग तथा कृषि, स्वास्थ्य तथा अन्य स्थानीय उद्यमको प्रवद्र्धनका लागि कार्य र सहकार्य गर्न । सूचना प्रविधिको प्रयोगमार्फत साना तथा मझौला उद्यमहरुको उत्पादनशीलता, गुणस्तर र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न ।
  17. विभिन्न क्षेत्रका लागि अत्यावश्यक मानिएको प्रविधि हस्तान्तरणमा स्वदेशी तथा विदेशी कम्पनीहरुवीच सम्बन्ध तथा सहकार्य विस्तार गर्न र सो मार्फत विदेशी लगानी प्रवद्र्धन गर्न ।
  18. स्टार्टअप तथा इन्क्यबेटर प्रोजेक्टको प्रवद्र्धनमार्फत युवामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उद्यमशीलता विकास गर्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?