Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

कसरी बचाउन सकिन्छ त फोनको ब्याट्री ?

२ भाद्र २०७९, बिहीबार १८:३१

२ भदाै, काठमाडाैँ । पहिलेको दिनमा आउने नोकिया मोबाइलको ब्याट्री दिन मात्र हैन हप्ताभर सम्म टिक्न सक्थ्यो। आजकलका फोनहरूमा भने एक दिन पनि मुस्किलले टिक्न सक्छ। यदि तपाईँलाई दिनको अधिक समय आफ्नो फोनको आवश्यकता हुन्छ, तर फोनको ब्याट्रीले तपाईँलाई धोका दिन्छ भने अब तपाइले फोनमा केही मिलाएर आफ्नो ब्याट्री लामो समयसम्म टिकाउन सक्नु हुन्छ।

तपाईँले आफ्नो एन्ड्रोइड वा आइफोनलाई लामो समयसम्म टिक्नको लागि यी टिप्सहरू अपनाउन सक्नु हुनेछ। यसले फोनको चार्ज मात्र नभएर ब्याट्री आयुसम्म लम्बाउन सक्नेछ।

फोनको चमक / ब्राइटनेस घटाउने

यो एकदमै नै महत्त्वपूर्ण छ कि तपाइले आफ्नो फोनलाई आवश्यक ब्राइटनेसमा राख्नु पर्दछ। धेरै बढी ब्राइटनेसमा राख्यो भने त्यसले ब्याट्रीको पावर तानेर त्यो उज्यालोलाई बनाइ राख्दछ।

चम्किलो डिस्प्लेले अधिक शक्ति प्रयोग गर्दछ।  त्यसैले तपाईँको ब्राइटनेसलाई तल राख्दा वा मधुरो बनाउँदा तपाईँको फोनको ब्याट्री लामो समयसम्म टिक्न सक्छ।

आफूले फोनमा के हेर्नुहुन्छ, त्यो ध्यान दिने

यदि तपाईँ आफ्नो फोनमा चलचित्रहरू र टिभी सोहरू हेर्नु हुन्छ वा खेलहरू खेल्नु हुन्छ भने त अवश्य पनि यस्तो क्रियाकलापले तपाइको ब्याट्री धेरै तानेर चार्ज छिटो सक्काइदिन्छ। तपाईँको स्मार्टफोन ब्याट्री वास्तवमै छिटो समाप्त हुन सक्छ। त्यसैले यदि तपाईँ आफ्नो फोनको ब्याट्रीलाई सकेसम्म लामो समयसम्म टिकाउन चाहनुहुन्छ भने धेरै लोड हुने वा पावर तान्ने काम फोनमा नगरेकै राम्रो। यसले ब्याट्रीको आयु पनि छिटै घटाउँछ। यसको सट्टा डिजिटल पुस्तक पढ्ने वा साधारण गेम खेल्ने गर्न सकिन्छ।

प्रयोग नगरिएका एपहरू बन्द गर्ने

तपाईँले कुनै एप प्रयोग गरिसकेपछि होम बटन थिच्नुहुन्छ र अर्को एप वा कार्यमा लाग्नु हुन्छ। यसले गर्दा तपाइको दिमागमा त्यो एप बन्द भयो र काम गरिरहेको छैन भन्ने हुन्छ। तर वास्तवमा त्यो एयाप अझै पनि तपाईँको फोनबाट शक्ति तान्दै काम गरेको हुन्छ।

धेरै एयापहरूमा यस्तो प्रक्रियाहरू हुन्छन् जुन एप सक्रिय नभएको बेलामा पनि चल्छ। यदि तपाईँसँग एकै समयमा धेरै एपहरु चलिरहेका छन् भने यसले तपाईँको फोनको ब्याट्री पुरै तपाइले थाहा नै नपाइ घटाउन सक्दछ।

अचल वाल पेपर राख्ने

केही फोनहरूमा लाइभ वाल पेपरहरू हुन्छन् जुन हेर्दा त राम्रो हुन सक्छन् तर त्यसैले तपाइको ब्याट्रीको अधिकतम पावर खाइरहेको हुन्छ। यी हलचल गर्ने वालपेपरहरुले धेरै ब्याट्रीहरू निकाल्न सक्छन्। त्यस कारण तपाईँको वाल पेपरलाई स्थिर छविमा परिवर्तन गर्दा तपाईँको फोन धेरै लामो समयसम्म टिक्न सक्ने छ।

अनावश्यक कनेक्सन बन्द गर्ने

फोन हाम्रो लागि डिजिटल संसारसँग जोड्ने एउटा माध्यम हो। तर कनेक्टिभिटीले ब्याट्रीलाई छिट्टै समाप्त गर्दछ। त्यसैले यदि तपाईँ आफ्नो फोनको ब्याट्रीलाई लामो समयसम्म राख्न चाहनुहुन्छ भने तपाईँले त्यस्ता सेटिङहरू स्विच अफ गर्नुपर्दछ।

मोबाइल डेटा, ब्लुटुथ र वाई-फाई कनेक्टिभिटी सबै खुल्ला राख्नको लागि ब्याट्रीको पावर लिन्छ। त्यसैले यदि तपाईँले तिनीहरूलाई प्रयोग गरिरहनुभएको छैन भने यी मध्ये एक वा धेरै स्विच अफ गर्दा राम्रो हुन्छ।

डार्क मोडमा चलाउने

यदि तपाई आफ्नो फोन डार्क मोडमा चलाउन सक्नुहुन्छ भने डार्क मोड तपाईँको फोन ब्याट्रीलाई लामो समयसम्म टिकाउने एक तरिका हुन सक्छ । यसले स्पष्ट रूपमा शक्ति बचत गर्दछ। त्यसैले डार्क मोड प्रयोग गर्दा धेरै ब्याट्री बचत हुन्छ।

ब्याट्री बचत मोड चलाउने

अधिकांश एन्ड्रोइड स्मार्टफोनहरू ब्याट्री बचत मोडको साथ आउँदछन्। तपाईँले यसबाट अनावश्यक एपहरु बन्द गर्न सक्नु हुनेछ। साथै जहाँ तपाइको ब्याट्री अनावश्यक रूपमा खपत भएको हुन्छ, त्यहाँ पावर बचाउने प्रयास गर्दछ। यसले अनावश्यक प्रक्रियाहरू कम गर्दछ। त्यसैले यसबाट हामीले आफ्नो ब्याट्री बचत गर्न सक्छौ।

नोटिफिकेसनहरू बन्द गर्ने

जब तपाईँ कम ब्याट्रीमा चलाउनु हुन्छ, अनावश्यक सूचनाहरू बन्द गर्नाले ब्याट्रीको केही बचत गर्न मद्दत गर्छ। हामीले खासै नचलाउने एयापहरुले बारम्बार नोटिफिकेसन दिने गर्दा केही पावर खपत गर्दछन्। त्यस कारण यदि अनावश्यक एयापहरुले बारम्बार तपाईँलाई नोटिफिकेसन दिन्छन् भने त्यसलाई बन्द गरेर तपाइले केही ब्याट्री बचाउन सक्नु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?