Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

कारोबारको स्वरूप बदल्ने इसेवाको यात्रा र सफलता

५ भाद्र २०७९, आईतवार १७:२२

५ भदाै, काठमाडाैँ । कल्पना गर्नुहोस्: यो डिजिटल युगमा तपाईँ आफ्नो सबै भुक्तानी र लेनदेनहरू कार्यालय बाहिर लाइनमा उभिएर गर्दै हुनुहुन्छ। यो सोच्दै झन्झटिलो छ हैन त? अहिले सोच्दा वाक्क लाग्दो सुनिए तापनि केही वर्षअघि त बिजुलीदेखि केबलको बिल सबै दिनभर लाइनमै बसेर तिरेको प्रायलाई याद नै होला।

यस अवस्थाबाट तपाईँलाई बाहिर निकाल्नको लागि केही वर्ष अघि नै इन्टरनेटमा हाम्रो समाधान आयो। जब इन्टरनेट हामी नेपालीहरूले रमाइलो गर्ने विलासी चीजहरूको लागि प्रयोग गर्दै थियौँ। त्यही समयमा इसेवा अस्तित्वमा आयो। यसले हाम्रो दैनिक जीवनलाई नै परिवर्तन गरिदियो।

इसेवाको सुरुका दिनहरु

सन् २००९ मा इसेवा नेपालको पहिलो मोबाइल वालेट बन्यो। यो F1Soft कम्पनीद्वारा स्थापना भएको थियो। यसले हरेक दिन २ लाख पटकभन्दा बढी कारोबार गर्छ। F1Soft ले हाल नेपालका ९०% भन्दा बढी वित्तीय संस्थाहरूलाई FinTech उत्पादनहरू मार्फत सेवा दिइरहेको छ। त्यसका साथै यसले नेपालमा ३० लाखभन्दा बढी मानिसहरूलाई विभिन्न वित्तीय सेवाहरूमा जोडेको छ।

१३ वर्षको अवधिमा धेरै मानिसहरू डिजिटल वालेटको संसारमा सामेल भएका छन्। खाजामा जाने होस् वा हवाई टिकट लिनको लागि नै किन नहोस्, बिजुलीको बिल तिर्न होस् वा खाने पानीको बिल, धेरै नगद प्रयोगकर्ताहरूको भुक्तानी व्यवहार परिवर्तन भएको छ। अहिले झ्याप्प पैसा बोकेर हिँड्ने धेरै भेटिँदैनन्। इसेवा गर्दिन्छु भन्दै जहाँ पनि फोन निकाल्नेको सङ्ख्या बढ्दै छ।

अहिले हेर्दा ओहो कस्तो सजिलो भन्ने हुन्छ होला। तर इसेवाको यात्रा एकदम कठिन थियो। इसेवाले बजारमा आफूलाई स्थापित गर्न निकै सङ्घर्ष गरेको छ । यो सञ्चालनमा आएपछि पनि देशमा डिजिटल कारोबारका लागि आवश्यक पूर्वाधारको अभाव थियो ।

“हामीले मोबाइल भुक्तानीको कुरा गरिरहेका थियौँ, तर त्यति बेला पर्याप्त मोबाइल फोन थिएनन्। न त इन्टरनेटको पहुँच जताततै थियो।” भन्दै सुरुका दिनहरु विश्वास ढकालले सम्झिए।

कम्पनी स्थापना भएको करिब पाँच वर्षपछि मात्र धेरैको हातमा मोबाइल पुग्यो । त्यसै गरी इन्टरनेट सेवा प्रदायकको वृद्धि पनि तीव्र गतिमा हुन थाल्यो । यी सबै प्राविधिक विकासले नेपालमा डिजिटल कारोबारको सफलताको ढोका खोलिदिएको छ ।

योसँगै इसेवा आफ्नो वृद्धिको दोस्रो चरणमा प्रवेश गर्‍यो। प्रयोग गर्ने उपभोक्ता मात्र नभएर त्यसलाई सम्हाल्ने सही नियम, कानुन र निकायको अभावले इसेवालो सुरुको दिनमा कठिनता भोग्यो। बिस्तारै बिस्तारै जब नेपालमा पनि डिजिटल लहर आयो। त्यस पश्चात् भने ग्राहक, लगानीकर्ता, बैङ्क, र अन्य सबैमा डिजिटल लेनदेन बारे जानकारी पुग्न लाग्यो। त्यसले गर्दा यसको प्रयोगकर्ता मात्र नभएर लोकप्रियतासम्म बढ्न गयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?