Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
World News

सार्वजनिक भयो आईफोन १४, कति पर्छ मूल्य ?

२३ भाद्र २०७९, बिहीबार ०८:५८

२३ भदाै, एजेन्सी। एप्पलले आईफोन १४ रिलिज गरेको छ। बुधबार साँझ अमेरिकामा भएको एक इभेन्टमा आईफोनका चार वटा नयाँ सिरिज रिलिज भएका हुन्।

आईफोन १४ मा इमर्जेन्सी स्याटेलाइट कनेक्टिभिटी र कार दुर्घटना पत्ता लगाउने उच्चतम टेक्नोलोजि समेत राखिएको छ।

कम्पनीले आफ्नो कपर्टिनो मुख्यालयमा चार वटा फोनहरू रिलिज गरेको छ। कोरोना महामारीपछि एप्पलले पहिलो पटक भाैतिक उपस्थितिमा दर्शकहरूको माझ आईफोन १४ रिलिज गरेको हो।

कार्यक्रममा आईफोन, एप्पल वाच र एयरपडहरू रिलिज गरिएको थियो।

एप्पलले सार्वजनिक गरेका चार सिरिजहरूमा आईफोन एसइ, आईफोन १२, आईफोन १३, आईफोन १४ र आईफोन १४ प्रो रहेका छन्। चार मोडल सार्वजनिक भएता पनि आईफोन १४ का पनि चार भेरियन्ट सार्वजनिक गरिएको छ। तिनमा आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स रहेका छन्।

नयाँ ह्यान्डसेटहरूले स्याटेलाइट मार्फत आपतकालीन कल गर्न सक्ने जानकारी दिइएको छ। आईफोन १४ले स्याटेलाइटको मद्दतबाट सामान्य म्यासेज पठाउन १५ सेकेन्डदेखि केही मिनेटसम्म लगाउने बताइएको छ।

आईफोन १४मा सबैभन्दा परिष्कृत फिचर यसको क्यामेरा भएको बताइएको छ। उच्च गतिमा चलेका वस्तुहरूको समेत उच्चस्तरको फोटो खिच्नका लागि नयाँ फिचर राखिएको छ। त्यसैगरी, मधुरो प्रकाश भएको ठाउँमा फोटो खिच्नका लागि पछिल्लो संस्करणको तुलनामा ४९ प्रतिशत सुधार गरिएको जानकारी दिइएको छ।

अगाडिको क्यामेरामा पहिलो पटक अटो-फोकस फिचर समावेश गरिएको छ। यसले उच्च स्तरको सेल्फी खिच्न सकिने कम्पनीको दाबी छ।

एप्पलले दाबी गरे अनुसार प्रयोगकर्ताहरूले एप्पल डिभाइसबाट पछिल्लो १२ महिनामा तीन ट्रिलियनभन्दा बढी फोटो खिचेका छन्।

आईफोन १४ प्रोमा डाइनामिक आइल्याण्ड फिचर समावेश गरिएको छ। आइफोनमा आएका नोटिफिकेशनका आधारमा आईफोन १४ प्रोको माथिल्लो भागमा रहेको कालो भाग ठूलो र सानो हुने हुँदा थप आकर्षक देखिने कम्पनीको दाबी छ।

एप्पलले बुधबारको इभेन्टमा नै एप्पल वाच अल्ट्रा र एयरपड्स तथा एप्पल वाच सिरिज ८ पनि सार्वजनिक गरेको छ।

यस्तो छ नयाँ आइफोनको सुरूवाति मूल्य ? (अमेरिकी डलरमा)

आइफोन एसइः ४२९

आइफोन १२ः ५९९

आइफोन १३ः ५९९

आइफोन १४ः ७९९

आइफोन १४ः ८९९

आइफोन प्रोः ९९९

आइफोन प्रो म्याक्सः १०९९

सामान्यतया आइफोनमा भएका मेमोरी र स्टोरेज भेरियसनका अनुसार आइफोनको मुल्य फरक-फरक हुने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?