© 2021-2024
२४ भदाै, काठमाडाैँ। अन्य व्यक्तिहरूको लाइसेन्सको ट्रायल दिने व्यक्तिहरू पक्राउ परेका छन्। राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र प्रवेश पत्र बनाई अन्य व्यक्तिहरूको ट्रायल दिने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुली घर भइ काठमाडाैँ बस्ने २० वर्षीय मनिष श्रेष्ठ, तिनकुने बस्ने मनिष लामिछाने, कालिकोट घर भइ भक्तपुर बस्ने २४ वर्षीय ईन्द्र बहादुर शाही, सिन्धुली घर भइ काठमाडाैँ बस्ने २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा घर भइ काठमाडाैँ बस्ने २२ वर्षीय राज कुमार श्रीमल रहेका छन् ।
उनीहरूलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल सहित पक्राउ गरेको हो ।
उनीहरू उपर लिखत सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।