Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो

२७ भाद्र २०७९, सोमबार ११:०२

२७ भदाै, काठमाडाैँ । विद्युत्को निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन् ।

राष्ट्रिय योजना आयोग काठमाडौँ र क्लिन कुकिङ एलाइन्सद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित ‘खाना पकाउने स्वच्छ विद्युतीय ऊर्जाको प्रवद्र्धन’ विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले प्रदेश सरकार र स्थानीय निकायले ग्रामीण क्षेत्रका ६० प्रतिशत र सहरी क्षेत्रमा २० प्रतिशत धरधुरीले गरिरहेको दाउराको प्रयोगलाई निरुत्साहित गर्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

उनिहरुले स्वदेशी विद्युतीय उत्पादनको प्रयोगबाट मुलुकमा प्रत्येक वर्ष रु ६० अर्ब बराबरको विदेशी मुद्रा खर्च गरी ल्याउने खाना पकाउने ग्यास न्यूनीकरण गर्न सकिने बताए ।

सहभागीहरूले विराटनगर महानगरपालिका क्षेत्रको दुई किलोमिटर भित्री स्थानमा अहिले पनि खाना पकाउनका लागि गुइँठालाई इन्धनका रूपमा प्रयोग भइरहेकोले सो कार्यलाई निरुत्साहित गर्न विद्युतीय चुल्होसहित विद्युत्मा विशेष सहुलियत दिनुपर्ने सुझाव राखे ।

छलफलमा प्रदेश नं १ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव नवीनराज सिंह, प्रदेश योजना आयोगका सदस्य ज्ञानेन्द्रबहादुर कार्की, सचिव जयकुमार घिमिरे र ऊर्जाविज्ञ मोहन दासलगायतले प्रदेश सरकारले गत वर्ष १२ स्थानीय पालिकामा विद्युतीय चुल्हो प्रदान गरेको भन्दै सहरी क्षेत्रका होटल व्यवसायी एवं घरधनीलाई विद्युतीय चुल्हो प्रयोग गर्नका लागि करलगायत छुट दिनुपर्ने सुझाव दिए ।

एलाइन्सका नेपाल प्रमुख करुणा बज्राचार्यले खाना पकाउन स्वच्छ ऊर्जा कार्यक्रम र नीति विज्ञ पुरुषोत्तम घिमिरेले सङ्घ, प्रदेश र स्थानीय सरकार स्वच्छ ऊर्जा कार्यक्रम विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा होटल व्यवसायी राजन श्रेष्ठ, सरस्वती गुरुङ, सरिता खनाल, प्रदीप बुढाथोकीलगायतले जनताको मागअनुसार स्वदेशमा विद्युतीय चुल्हो निर्माण गर्नु पर्ने बताए ।

नेपालमा ६८ लाख धरधुरी रहेको र वार्षिक २२ हजार मानिस खाना पकाउन इन्धनको प्रयोग गरिने दाउरा र गुईंठाको धुवाँबाट मृत्यु हुने गरेको सोही अवसरमा जानकारी दिइयो । खाना पकाउनका लागि ग्यासको तुलनामा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो हुनका साथै मुलुकलाई आत्मनिर्भर बनाउन यसको प्रयोगका लागि अभियानका रूपमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?