Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
इन्टरनेट

सामाजिक सञ्जालकाे प्रयोग बढेसँगै साइबर अपराधको ग्राफ उकालो

२९ भाद्र २०७९, बुधबार १३:४७

२९ भदाै, काठमाडाैँ। विज्ञान र प्रविधिमा सामाजिक सञ्जालकाे प्रयोग बढेसँगै साइबर अपराध पनि बढेको छ । ठगी गर्ने मनसायले सामान्य कुरा गर्ने र भिडियो कल गर्ने, त्यसपछि अश्लील दृश्य मिसाएर ब्ल्याक मेल गर्ने गरेको पाइएको छ । यस्ता समूहबाट सचेत हुन साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी पशुपतिकुमार राईले बताए ।

भिडियो कल रिसिभ गर्नासाथ अनुहार कट गर्ने र अश्लील दृश्य मिसाएर परिवार तथा आफन्तलाई पठाउँछु भनी धम्क्याउने र पछि आर्थिक लाभ खोज्ने गर्दछन् । उनले भने, ‘कुनै पनि अपरिचित मानिसले गरेको भिडियो कल उठाउनु हुँदैन, सकेसम्म नचिनेका व्यक्तिहरुको म्यासेजको प्रतिक्रिया पनि नजनाउनु उचित हुन्छ ।’

अहिले दैनिक २५ देखि ३५ वटासम्म साइबर ब्यूरोमा उजुरी पर्ने गरेको छ । साइबर ब्यूरो स्थापना भएदेखि हालसम्म सबैभन्दा धेरै एक दिनमा ६८ वटासम्म उजुरी दर्ता भएको रेकर्ड छ । ब्यूरोमा देशभरबाट उजुरी आउने हुँदा उजुरीको सङ्ख्या धेरै हुन्छ ।

साइबर सम्बन्धी घटना जटिल हुने भएकाले अनुसन्धान गर्न पनि समय लाग्ने गरेको ब्यूरोका प्रशासन प्रमुख राजकुमार खड्गीले बताए । उनका अनुसार अहिले सोचेभन्दा तीव्र गतिमा साइबर अपराध बढेको छ । धेरै जसो प्रयोगकर्ता साइबरसम्बन्धी अनविज्ञ रहेकाले पनि फस्ने गरेका छन् ।

जटिल भएपछि उजुरीको बाध्यता साइबरसम्बन्धी कानुन रहेको थाहा नभएका प्रयोगकर्ताहरु नेपालमा धेरै रहेकाले जे पनि गर्ने र अन्तिममा फस्ने गरेका छन् । खड्गीले भने, ‘जब फस्छन् अनि मात्रै थाहा हुन्छ । यस्ता कुरालाई मनोरञ्जनका साधन ठान्ने सोच अझै धेरैमा छ, मानिसहरु अनविज्ञ छन् ।’ यसले के हुन्छ भन्ने पनि थाहा नहुँदा उनीहरु फस्छन् । अवस्था जटिल भएपछि उजुरी गर्नुपर्ने बाध्यता हुन्छ ।

उनका अनुसार अर्को थरी मानिसहरु जानेर कम्प्युटर, इन्टरनेटको माध्यमबाट साइबर अपराध गर्छन् । जस्तो : वेभसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत् व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृतरुपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति, जालसाजी जस्ता अपराध गर्छन्र साइबर अपराधमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेसँग सम्बन्धित आपराधिक गतिविधिहरू पर्छन् ।

अहिले नेपालमा इन्टरनेटको प्रयोग एकदमै बढेको छ । इन्टरनेटले एकतर्फ मानिसलाई जोडेको छ भने अर्कोतर्फ टाढा बनाएको छ । पछिल्ला केही घटनाहरु हेर्ने हो भने नेपालको साइबर स्पेस खतरामा परेको छ ।

साइबर समस्याको मुख्य कारण इन्टरनेट तथा कम्प्युटर प्रयोगकर्तामा साइबर थ्रेटबारे आधारभूत जानकारी नहुनु नै हो । जसले साइबर सुरक्षाको चुनौती बढ्दै गएको उहाँको भनाइ छ । साइबर अपराधका घटनाको अनुसन्धान र कारबाही विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत हुन्छ ।

नेपालभर साइबर क्राइमको मुद्दा हेर्ने एक मात्र काठमाडौं जिल्ला अदालत हो । साइबर ब्यूरो गठनको प्रक्रिया अघि बढेको छ । यो प्रक्रिया पूरा भएपछि सातै प्रदेशमा साइबर ब्यूरो खुलेपछि मात्रै नेपालभर उजुरी दिन सकिने हुन्छ ।

सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थ पूर्ति गर्नेहरूको बिगबिगी छ । अझ केही मानिसका लागि त सामाजिक सञ्जाल नकारात्मकता फैलाउने महत्त्वपूर्ण क्षेत्र बनेको उनकाे भनाइ छ । ‘मान्छेको भावनामा खेलेर होस् या ब्लाकमेल गरेर होस्, साइबर दुरुपयोग बढेको छ ।’ उनले भने । उनका अनुसार यसको नकारात्मक प्रभावमा बालबालिका तथा युवा धेरै छन् ।

सामाजिक सञ्जालमा विभिन्न कुरा पोष्ट गरेर सम्पर्कविहीन हुने मानिसको सङ्ख्या कम छैन । खड्गीले भने, ‘ यस्तो केसमा आफन्त, नजिकको मानिसलाई कति तनाव हुन्छ । उनीहरूले कसलाई भन्ने साइबर ब्यूरोमा खबर गर्छन् । ब्यूरोको पहलमा ४० जनाको ज्यान बचेको रेकर्ड छ ।’ साइबर चेतनाकै कमीले पछिल्लो समय अपराध निरन्तर बढिरहेको छ । साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारको अपराध हो ।

नेपालमा यसको इतिहास हेर्ने हो भने आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ११ हजार ५४८ वटा घटनाको उजुरी दर्ता भएको ब्यूरोको तथ्याङ्क छ । यो अवधिमा फेसबुक/म्यासेन्जरबाट भएको घटनाको उजुरी २०७६/०७७ मा दुई हजार २५०, २०७७/०७८ मा तीन हजार ३५१, २०७८/०७९ मा तीन हजार ३५६ र चालु आर्थिक वर्षको अहिलेसम्म ४४७ वटा गरी जम्मा १० हजार १४७ उजुरी साइबर ब्यूरोमा परेको छ ।

साइबरबाट भएको घटनाको उजुरी २०७६/०७७ मा चार, २०७७/०७८ मा चार, २०७८/०७९ मा तीन, र चालु आर्थिक वर्षको अहिलेसम्म दुई वटा गरी १३ उजुरी परेको छ । आइएमओबाट घटनाको उजुरी २०७६/०७७ मा तीन, २०७७/०७८ मा १७, २०७८/०७९ मा १८ र चालु आर्थिक वर्षको अहिलेसम्म २ वटा गरी जम्मा ४० वटा साइबर ब्यूरोमा उजुरी परेको छ ।

यूट्युबबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ८ वटा, २०७७/०७८ मा ५६, २०७८/०७९ मा ६० र चालु आर्थिक वर्षको अहिलेसम्म ५ वटा गरी जम्मा १२९ उजुरी साइबर ब्यूरोमा परेको छ । ह्वाट्सएपबाट भएको घटनाको उजुरी २०७६/०७७ मा दुई, २०७७/०७८ मा ४७, २०७८/०७९ मा ९६ र चालु आर्थिक वर्षको अहिलेसम्म २३ वटा गरी जम्मा १६८ उजुरी साइबर ब्यूरोमा परेको छ ।

ट्वीटरबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ५, २०७७/०७८ मा १५, २०७८/०७९ मा १७ र चालु आर्थिक वर्षको अहिलेसम्म ४ वटा गरी जम्मा ४१ उजुरी साइबर ब्यूरोमा परेको छ । इन्स्टग्रामबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ७, २०७७/०७८ मा ६५, २०७८/०७९ मा ७६ र चालु आर्थिक वर्षको अहिलेसम्म ४५ वटा गरी जम्मा १९३ उजुरी साइबर ब्यूरोमा परेको छ । दाता वेभसाइट हायकिङ्गबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ३, २०७७/०७८ मा २८, २०७८/०७९ मा १२ र चालु आर्थिक वर्षको अहिलेसम्म २ वटा गरी जम्मा ४५ उजुरी साइबर ब्यूरोमा परेको छ ।

टिकटकबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ४, २०७७/०७८ मा ७०, २०७८/०७९ मा २३३ र चालु आर्थिक वर्षको अहिलेसम्म ५२ वटा गरी जम्मा ३५९ उजुरी साइबर ब्यूरोमा परेको छ । इमेलबाट भएको घटनाको उजुरी २०७६/०७७ मा उजुरी परेको छैन । २०७७/०७८ मा २९, २०७८/०७९ मा २३ र चालु आर्थिक वर्षको अहिलेसम्म ७ वटा गरी जम्मा ५९ उजुरी साइबर ब्यूरोमा परेको छ ।

ई–सेवाबाट भएको घटनाको उजुरी २०७६/०७७ मा उजुरी परेको छैन । २०७७/०७८ मा २८, २०७८/०७९ मा ६५ र चालु आर्थिक वर्षको अहिलेसम्म १५ वटा गरी जम्मा १०८ उजुरी साइबर ब्यूरोमा परेको छ ।

बैंकिङ्गबाट भएको घटनाको उजुरी २०७६/०७७ मा १५, २०७७/०७८ मा ९६, २०७८/०७९ मा १२७ र चालु आर्थिक वर्षको अहिलेसम्म ८ वटा गरी जम्मा २४६ वटा साइबर ब्यूरोमा उजुरी परेको छ । यी उजुरीमध्ये केही अनुसन्धानकै क्रममा रहेको छ । धेरै जसो उजुरीको समाधान भइसकेको उनले बताए । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?