Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
इन्टरनेट

कहाँबाट लिन्छन इन्टरनेट सेवा प्रदायक (ISP) हरूले IP ठेगाना ??

१८ श्रावण २०७९, बुधबार २२:४२

इन्टरनेटमा डाटाहरू प्याकेटको रूपमा एउटा डिभाइसबाट अर्को डिभाइसमा आदानप्रदान हुन्छ। सो गर्नको लागि इन्टरनेट सेवा प्रदायक (ISP) ले हरेक डिभाइसलाई एउटा आइपी ठेगाना (IP address) दिन्छ। राउटरले डिभाइसको IP ठेगाना हेरेर डाटालाई सही गन्तव्यमा पुर्याउछ। हाम्रो डिभाइसहरू बिचको भिन्नता पत्ता लगाउन IP ठेगाना आवश्यक छ। आइपी ​​ठेगाना ( IP address ) एउटा यस्तो ठेगाना हो जसले इन्टरनेट वा लोकल नेटवर्कमा हाम्रो मोबाइल र अन्य डिभाइसलाई पहिचान गराउँछ। यसलाई हाम्रो डिभाइसहरूको डिजिटल परिचय पनि भन्न सकिन्छ।

IP ठेगाना हजुरको घरको पोस्टल ठेगाना जस्तै हो। इन्टरनेट एउटा हुलाक जस्तै मान्ने हो भने हजुरलाई सही ठाउँमा डाटा पुर्‍याउन हुलाकेले हजुरको ठेगाना खोज्छ जसको काम IP ठेगानाले गर्दछ। त्यसैले IP ठेगाना इन्टरनेटमा डाटा आदानप्रदान गर्न महत्त्वपूर्ण छ।तपाईँको IP ठेगाना ISP बाट आउँछ तर ISP लाई चाहिँ कहाँबाट कसले IP ठेगाना दिन्छ त भन्ने कुरा धेरैलाई थाहा हुँदैन।

IANA बाट दिइने IP ठेगाना RIR हुँदै NIR/LIR बाट अन्त्यमा ISP सम्म पुग्छन्।

आज हामी ती सबैको भूमिका बुझ्ने प्रयास गर्छौ।

  • IANA – IP ठेगानाहरू Internet Assigned Number Authority (IANA) द्वारा व्यवस्थित गरिन्छ। IANA ले सबै आईपी ठेगानाहरूको कार्यको ट्र्याक राख्नुको साथै RIR हरूलाई IP ठेगानाको ब्लक वितरण गर्दछ।
  • RIR – Regional Internet Registry (RIR) एउटा सङ्गठन हो जसले IP ठेगानाहरूको व्यवस्थापन र नियन्त्रण गर्छ। IANA द्वारा प्राप्त गरेको IP ठेगाना RIR ले मिलाउनु र वितरण गर्नुको साथै यसले डोमेन रजिस्ट्रेसन पनि वितरण गर्ने गर्दछ। RIR ले IANA बाट पाएको ठेगानालाई बाँडफाँट गर्न ह्यान्डल गर्छ। सो क्रमका RIR ले इन्टरनेट सेवा प्रदायक (ISP) सहित ठुला क्षेत्रीय संस्थाहरू, शैक्षिक संस्थाहरू, सरकारहरू र ठुला संस्थासँग काम गर्नुपर्ने हुन्छ।हालसम्म पाँच वटा RIR हरूले विभिन्न भौगोलिक क्षेत्रमा काम गर्दै आइरहेको छन्।
  1. ARIN : American Registry for Internet Numbers
  2. APNIC : The Asia-Pacific Network Information Centre
  3. RIPE  : Regional Internet Registry for Europe
  4. LACNIC : Latin American and Caribbean Internet Address Registry
  5. AfriNIC : The African Network Information Centre

  • NIR – National Internet Registry (NIR) एउटा यस्तो सङ्गठन हो जुन RIR को अधीनमा रहेर काम गर्छ। यसले राष्ट्रिय स्तरमा IP ठेगाना बाँड्ने र अन्य इन्टरनेटका व्यवस्थापन कार्यहरू समन्वय गर्ने गर्छ। NIR का केही उदाहरण APJII, CNNIC, JPNIC, KRNIC हरू हुन्।
  • LIR – Local Internet Registry (LIR) एउटा यस्तो सङ्गठन हो जसलाई RIR द्वारा आईपी ठेगानाको केही ब्लक जिम्मा दिइएको छ। LIRs इन्टरनेट सेवा प्रदायक (ISP) जस्तै हुन्, जसका ग्राहकहरू युजरहरू र अन्य आइएसपीहरू हुन्छन्। एउटा LIR बन्नको लागि RIR मा सदस्य हुनुपर्छ।
  • ISP – Internet Service Provider (ISP) एउटा कम्पनी हो जसले कम्प्युटरबाट इन्टरनेटको पहुँच प्रदान गर्दछ। यसको तिन तहहरू हुन्छन् जसले अन्तिममा युजरलाई IP ठेगाना उपलब्ध गराउँछन्। हामीलाई IP ठेगाना दिने ISP ले सुरुमा आफ्नो देशको IP ठेगाना सङ्गठनमा दर्ता गर्नुपर्छ र त्यसपछि ISP लाई ठेगानाहरूको ब्लक प्राप्त हुन्छ जुन यसले आफ्ना ग्राहकहरूलाई वितरण गर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?