Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

के हो NFT, कसरी गर्छ यसले काम ?

३१ श्रावण २०७९, मंगलवार १५:१७

३१ साउन, एजेन्सी। सन् २०१४ मा सुरु भएको NFT ले किन अहिले लिँदै छ त सबैतिर चर्चा? के हो NFT अनि किन छ त यसको आवश्यकता अहिलेको समयमा?

NFT (Non-Fungible Token) एउटा डिजिटल टोकन जस्तै हो। यसको मद्दतले तपाइले आफ्नो कुनै पनि भौतिक वा डिजिटल सामान, कला, सङ्गीत, भिडियो, फोटो, खेल, आदिको स्वामित्व प्रमाण गर्न सक्नुहुन्छ। यसको लोकप्रियता बढ्नुको कारण यसले तपाईलाई डिजिटल संसारमा आफ्नो एक प्रकारको सम्पत्ति वा अधिकारको प्रमाण दिने भएर हो। यी सबै बुझ्नु भन्दा अघि NTF को अर्थ बुझ्नु आवश्यक छ।

फन्जिबल (fungible) सामान भनेको कुनै पनि वस्तुसँग साटासाट गर्न मिल्ने चिज हो। जस्तै तपाईँसँग भएको रु. १० को नोट र मसँग भएको रु.१० को नोट उस्तै हुन्छ चाहे त्यो नोटमा सिरियल नम्बर फरक नै किन नहोस्। त्यसलाई फेरबदल गर्दा पनि त्यसको अस्तित्व र मूल्यमा केही फरक पर्दैन।

गैर फन्जिबल (Non-Fungible) वस्तु अर्थात् त्यसैलाई कुनै पनि वस्तुले साट्न नमिल्ने प्रकारको चिज हो। यी वस्तुहरु एक अर्काभन्दा फरक हुने हुँदा कुनै पनि एउटा वस्तुलाई फेरबदल गरी अर्को राख्न नमिल्ने हुन्छ। तपाइले बनाएको डिजिटल चित्र अरूको भन्दा बेग्लै हुन्छ त्यसैले त्यसको आफ्नो छुट्टै पहिचान हुन्छ। यस कारण एउटा सक्कली वस्तुको स्वामित्व भएको व्यक्तिले एउटा टोकन पाउँछ। त्यस टोकन मार्फत तपाइले वस्तुको स्वामित्व आफूसँग छ भनी प्रमाणित गर्न सक्नुहुन्छ।

कसरी काम गर्छ त NFT को प्रविधि?

NFT हरू अनलाइन खरिद र बिक्री गरिन्छ। यसको लागि यसको सबै लेनदेन ब्लकचेन प्रविधिबाट गरिन्छ। जसरी क्रिप्टोकरेन्सीको सबै लेनदेन हिसाब राख्न ब्लकचेन प्रयोग गरेर ब्लक-ब्लकमा राखिन्छ, त्यसरी नै कुनै पनि भौतिक वा डिजिटल वस्तुको स्वामित्वको जानकारी पनि ब्लकमा राखेर ब्लकचेनको माध्यमबाट सुरक्षित राखिन्छ।

यसले ब्लकचेन तरिकाले सबैको स्वामित्वको जानकारी ब्लक-ब्लक गरेर लामो चेन जस्तोमा राख्ने गर्दछ। यसले गर्दा त्यहाँको सबै पहिलेका लेनदेन पनि सबैले देख्न पाउने हुन्छ। तपाइले आफुले चाहेको जानकारी सबै त्यहि ब्लकचेनमै भेट्नु हुन्छ। यसरी सबै हिसाब अनि स्वामित्व कसैबाट नलुक्ने हुँदा यो एकदमै पारदर्शी पनि हुन जान्छ।

NFT डिजिटल संसारको लागि अहिले आएर सफलता बनेको हो किनकि यसले जसलाई पनि उनीहरूको स्वामित्व प्रमाणित गर्न अनुमति दिन्छ। अहिले तपाइँले कुनै वासिङ मेसिन खरिद गर्दा त्यो सँगै आउने कार्डमा तपाइको नाम र जानकारी राखेर त्यसलाई तपाईँलाई सुम्पिएको हुन्छ। त्यस्तै NFT ले कुनै पनि वस्तुको स्वामित्वको जानकारी राख्ने हुँदा प्रमाणिकताको प्रमाणपत्र जस्तै हुन्छ। तपाईँले आफ्नो कम्प्युटरमा कुनै पनि चित्रलाई दायाँ-क्लिक गर्न र सेभ गर्न सक्नुहुन्छ। तर त्यो चित्रको सक्कली रुप तपाईसँग नै छ भनेर केवल NFT द्वारा  प्रमाण गर्न सकिन्छ।

यसरि सबै संसार नै डिजिटल भएको बेला आफ्नो वस्तु सक्कली हो वा आफुले किनेको वस्तु नै सक्कली हो भनि प्रमाणित गर्न NFT ले ठुलो भूमिका खेल्छ। यसबाट कलाकारहरुले आफ्नो कलाको स्वामित्व कोहि अरुलाई दिएर त्यसबाट कमाउन सक्छन् भने कला प्रेमीले आफ्नो रुचिको सामान र वस्तुहरु आफ्नो स्वामित्वमा राख्न सक्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?