Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

रास्ट्र बैंकको एकीकृत निर्देशन लत्याएको NIC Asia बैंकको वकिलहरुको जत्था, आर्थिक आतंक नरोक्ने दाउमा बैंक!

२४ कार्तिक २०७९, बिहीबार १५:११

काठमाडौं,२४ कात्तिक । टोखा नगरपालिकास्थित धापासी हाइटमा ओरेन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालीको नाममा रहेको २४ रोपनी ९ आना जमिन एनआइसी एशिया बैंकले हडपेको छ । ऋणीले ‘साँवा ब्याज फिर्ता गर्छु’ भन्दा पनि बैंकले उक्त जग्गा सकार गरेको भन्दै फिर्ता गर्न मानीरहेको छैन् । १४ वर्षअघि स्थानीय सुधीर बस्नेतको ओरेन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालीले २४ रोपनी जमिन धितो राखेर १४ करोड लिएका थिए । बस्नेत जेल परेको मौका छोपेर एनआइशी एशिया बैंकले १० वर्षअघि ऋण नतिरेको भन्दै जमिन सकार गरेर आफ्नो नाममा ल्याएको हो ।उक्त जग्गाधनीले बैंकलाई तिर्नुपर्ने रकम तिरेर हक सकार गर्छु भन्दा नपाएको पिडित बस्नेतले गुनासो गरे । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७८ अनुसार ‘गैर बैंकिङ सम्पत्तिको रुपमा बैंक÷बित्तिय संस्थाले सकार गरेको सम्पत्ति धितो सुरक्षण धनीलाई फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७८ मा भनीएको छ –‘गैर बैंकिङ सम्पत्तिको रुपमा बैंक÷बित्तिय संस्थाले सकार गरेको सम्पत्ति धितो सुरक्षण धनीलाई फिर्ता गर्दा गैर बैंकिङ सम्पत्ति लेखांकन गर्दाको मूल्य वा फिर्ता गर्दाको समयमा रहेको बक्यौता रकम मध्ये जुन बढी हुन्छ सो रकममा नघट्ने गरी सम्बन्धित संस्था र सम्बन्धित सुरक्षण धनीबीचको आपसी वार्ताद्वारा धितो÷सुरक्षण फिर्ता गर्न निर्देशनले बाधा पुर्याएको मानिने छैन ।’यो बुँदाको अर्थ हुन्छ कि बैंकले नै गैर बैंकिङ सम्पत्ति (सकारेर बैंक आफैंले लिएको) का रुपमा रहेको धितो पनि ऋणीले साँवा ब्याज तिर्छु भनेर आउँछ भने त्यो उसैलाई फिर्ता गरिनु पर्छ । निर्देशनमा ऋणीलाई ‘फिर्ता गर्नै पर्छ’ भन्ने त छैन, तर कुनै पनि बैंकले आफ्नो साँवा ब्याज फिर्ता पाएपछि अरु कसैको घर जमिन आफूसँग राख्दैन । किनभने बैंकलाई अरुको घर जग्गा के काम ? उसलाई त नगद चाहिन्छ । ताकि त्यो नगद अरु कसैलाई फेरि ऋण लगानी गर्न पाइयोस् ।राष्ट्र बैंकको यो नियम र एनआइसी एशिया बैंकले व्यवसायमा डुबेका सुधीर बस्नेतको धितो कसरी हडप्न खोजेको छ भन्ने तथ्य बाहिरिएको भन्दै स्थानीयहरुले समेत बैंकको हर्कत प्रति आक्रोश पोखेका छन् ।
जुन जमिन एनआइसीले लियो, त्यो जमिनमा पहिले नै बस्नेतले हाउजिङका लागि लाखौं लगानी गरेर संरचना बनाइ सकेका थिए । व्यवसायमा डुबेका कारण बस्तेको आर्थिक व्यवहार सबै चौपट भयो । आरेन्टलमा फ्लाट बुकिङका लागि रकम दिएका सयौं लगानीकर्ताको रकम समेत डुबेको छ । अहिले सुधीर बस्नेतको भने –एनआइसी एशिया बैंकले आफ्नो सावाँ ब्याज लिएर जमिन दिनु पर्ने माग छ । उनी भन्छन,‘जमिन पाएँ भने म त्यो जमिन बेचेर फ्लाट बुक गर्नेहरुको रकम फिर्ता गर्छु र ओरेन्टल सहकारीमा रकम डुबाएकाहरुको पनि पैशा फिर्ता गर्छु ।’तर यो कुरा एनआइसीलाइ मञ्जुर छैन, सुधीर बस्नेतले टोखाको जमिन आफूले पाउनु पर्ने माग राखेर सर्वोच्चमा रिट दायर गरेका छन् । तर अदालतले जमिन फिर्ता गर्नसक्ने कुरालाई मध्यनजर गर्दै बैंकले अदालतकै हातखुट्टा बाँध्ने गरी २४ जना वकिलको डफ्फा पालेर बसेको छ । ती वकिलहरुको काम बहस गर्ने नभइ पेशी सारिरहने, मुद्दा किनारा नलगाइ विलम्व गराउने ध्याउन्नमा छन् । एनआइसी एशिया बैंकले भने यसरी खाली जमिनमा आफूहरुले लगानी गरेर संरचना बनाएको भन्ने देखाएर व्यक्तिको जमिन खाने प्रपञ्चमा लागि परेको देखिन्छ ।व्यवसायीलाई सडकमा ल्याउन तुल्सीरामदेखि खनियाँसम्म सक्रियएनआइसी एशिया बैंक बिशाल ग्रुप अन्तर्गतको बैंक हो । यसका अध्यक्ष तुल्सीराम अग्रवाल छन् । हुनमा अग्रवाल धनाढ्य व्यक्ति नै हुन् । ‘तर यिनलाई कुनै पनि नेपाली व्यवसायी सडकमा पुर्याउँदा जति आनन्द सायद अरु केही गर्दा आउँदैन ।’ निकट स्रोत भन्छ ‘एनआइसीबाट सडकमा पुगेकाहरुको लिस्ट तपाईँलाई दिन सक्छु । यो नेपाली सिध्याउने ध्येयले सक्रिय छ । देशको अहितमा काम गर्ने यो बैंक खतरनाक पनि छ ।’
धापासी हाइटका एक स्थानीयले भने, ‘यो जमिनलाई आफ्नो बाबुको खेत जस्तो ठानेर ढुक्न एक जना बैंकका मारवाडी साहु आउँदा रहेछन् । छाता ओढेर बसेको पनि देखेको हुँ, तर मलाई उनको नाम थाहा छैन ।’
यी भनाइबाट प्रष्ट हुन्छ –एनआइसी एशिया बैंकको मूल्य मान्यता भन्दा पनि तराइमा सक्रिय मिटर ब्याजी जस्तो छ । यो बैंककै कारण सडकमा पुगेका, बेपत्ता भएका, कालो सूचीमा परेका कैयन छन् । धेरै व्यवसायीको उठिबास लगाएर अर्ब अर्ब नाफा कमाउने बैंकहरुको सूचीमा एनआइसी अग्रपंक्तिमा छ ।डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा उनले बजेटमै विशाल ग्रुपले आयात गर्ने महँगा चकलेटको भन्सार कर कटौती गरिदिएका थिए । पेटभर दालभात खान नपाउने गरिब नेपालीका लागि चकलेट अत्यावश्यकीय खाद्य वस्तु हो ? देशको पैशा विदेश पुर्याउनमा अहंम भूमिका खेलिरहेको विशाल ग्रुपले नै अर्को एउटा डमी फर्म खोलाएर लकडाउनमा म्याद गुज्रेका ती चकलेटहरुको रि लेबलिङ गराएर विक्री वितरण गरेको आरोप लागेको थियो । शासकको पुजा गरेर गैरकानुनी क्रियाकलाप पनि वैधानिक तरिकाले गर्दै आएको यो समूहको एनआइसी बैंकले अहिले नेपालको व्यवसायिक क्षेत्रमा आतंक नै मच्चाइ सकेको जानकारहरु बताउँछन् ।सुधीर बस्नेतको टोखाको जमिन आफूले पाउनु पर्ने माग राखेर सर्वोच्चमा रिट दायर गरेका छन् । तर उनको रिटलाई छल्न एनआइसीले २४ जना वकिलहरुको डफ्फा पालेको छ । अहिलेसम्म ९ पटक पेशी सरि पनि सकेको छ । बहस हुनै नदिने, देशी विदेशी शक्ति प्रयोग गरेर भए पनि, अदालतमा अनावश्यक दबाब सिर्जना गरेर भए पनि टोखाको जमिन खाएरै छाड्ने उद्देश्यमा बैंकका मालिकहरु लागि परेका छन् । यो क्रियाकलापमा सक्रिय रिकभरी विभागका प्रमुख अर्जुन खनिले भने, ‘उक्त जग्गा बैंकले सकार गरेको १२ बर्ष भैसकेको र साविकको जग्गाधनीलाई बैंकले दिने नलिदने भन्ने विषय अदालतको निर्णय अनुसार हुनेछ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?