Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

इन्भेष्टमेन्ट कर छली प्रकरणमा सकियो बयान, मुद्धा दायर गर्न ‘सिग्नल’ कुर्दै राजश्व अनुसन्धान विभाग

१७ माघ २०७९, मंगलवार १९:५७

काठमाडौँ । आयकर छलीको अभियोगमा अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागले नेपाल इन्भेष्टमेन्ट बैंक(गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) का अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको बयान सकाएको छ ।

आयकर ऐन २०५८ विपरीत काम गरेको भन्दै अनुसन्धान शुरु गरेको विभागले बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसँगै प्रमुख कार्यकारी अधिकृत(सिइओ) ज्योति पाण्डेसहित १४ जनाको बयान लिएको हो ।

बयान सकिएसँगै अनुसन्धान अधिकृतले महानिर्देशकलाई रिपोर्ट बुझाउने तयारी गरेका छन् भने मुद्धा अगाडी बढाउन विभागीय मन्त्रीको ग्रीन सिग्नलको पर्खाइमा छन् महानिर्देशक मदन दहाल । तर यसैबिच मुद्धा नै डिसमिस पार्न ठुलै चलखेल भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको राजश्व अनुसन्धान विभागको विभागीय मन्त्री स्वयं प्रधानमन्त्री छन् । यसैबिच बैंकका अध्यक्ष पाँडेले विभागीय मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटिसकेको बालुवाटारस्थित प्रशासन स्रोत बताउँछ । जुनसुकै हालतमा पनि मुद्धा निस्तेज पार्ने रणनीति अनुसार नै बैंकका उच्च अधिकारीहरू राजनीतिक नेतृत्वलाई प्रभावमा लिन खोजिरहेको ती स्रोतको भनाई छ । त्यसो त यसअघि पनि उच्च राजनीतिक नेतृत्वको दबाबमा मुख्यसचिव शंकरदाश वैरागीको निर्देशनमा केही समय बयान रोकिएको थियो ।

तत्कालीन महानिर्देशक प्रकाश पौडेलकै पालामा अनुसन्धान शुरु भए पनि राजनीतिक दबाबकै कारण अघि बढ्न नसेकेको फाइल पौडेलपछि केही महिना महानिर्देशक भएका झलकराम अधिकारीको पालामा पनि अघि बढ्न सकेको थिएन । त्यसपछि गत कार्तिक दोस्रो सातादेखि मदन दाहालले नेतृत्व लिएसँग तीव्रता पाएको अनुसन्धान मुद्दाको चरणमा पुगेको छ ।

अर्थ मन्त्रालय अन्तर्गत करिब २५ वर्ष काम गरेका दहालले इन्भेष्टमेन्ट बैंकले आयकर छली गरेको निष्कर्षसहित अनुसन्धान अधिकृतलाई बयान शुरु गर्न निर्देशन दिएसँगै तीन महिनाको अवधिमै अनुसन्धान प्रक्रिया टुङ्गोमा पुगेको हो ।

सम्बन्धित समाचार : आयकर छलीमा तानियो नेपाल इन्भेष्टमेन्ट बैंक, बयान लिँदै राजश्व अनुसन्धान विभाग

आधा दर्जन बढी अधिकारीको बयान लिइसक्दा अनुसन्धान प्रक्रिया रोक्न उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वसँगको भेटघाटलाई तिव्र बनाएका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा सिइओ ज्योति पाण्डे जसरी पनि मुद्धा अघि बढ्न नदिन लागि परेका छन् ।

बिगो र जरिवानासमेत गरी करिब नौ अर्ब रुपैयाँ तिर्नुपर्ने भएसँगै बैंकका उच्च अधिकारीहरू महानिर्देशककै सरुवा गर्न दौडधुपमा छन् । विभागले मुद्धा दायर गर्दा बिगोको दोब्बर दाबी हुने भएकोले पनि करिब चार अर्ब ५० करोड बिगोको दोब्बर गर्दा नौ अव अर्बका हाराहारीमा हुन आउँछ ।

सम्बन्धित समाचार : इन्भेष्टमेन्ट कर छली प्रकरण : ८ जनाको बयान सकियो, महानिर्देशककै सरुवा गराउन लबिङ !

इन्भेष्टमेन्ट बैङ्कको मुद्धा अघि बढेको अवस्थामा डेढ दर्जन बढी बैङ्कहरूले करिब ७० अर्ब बढी रकम राज्यलाई तिर्नुपर्ने देखिन्छ ।

महालेखाको प्रतिवेदनमा नै उल्लेख भई उठाउनै पर्ने करका रूपमा औँल्याइएकोले पनि ढिलो चाँडो बैंकले यो रकम तिर्नैपर्ने हुन्छ । तर बैंक भने अनुसन्धान प्रतिवेदन नै निस्तेज बनाउनतर्फ जोडतोडले लागि परेको छ ।

विभागले असार १० गते एक निर्देशक(उपसचिव)लाई अनुसन्धान अधिकृत तोकेको थियो । जसको अवधि ९ महिना हुन्छ । चैत्र १० गतेसम्म अनुसन्धान अधिकृतको म्याद रहेको छ । यो अवधि कटाएर जेठ १५ को बजेटमा मिनाहा गराउने खेलमा छन् बैंकका अधिकारीहरू ।

‘जेठ १५ को बजेट आउँदा आर्थिक ऐनमार्फत छुट गराउने योजनामा बैंक छ’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले प्रशासन आर्थिक ब्युरोसँग भने । शक्तिकेन्द्रलाई प्रभावमा पारेर अनुसन्धान अधिकृतको समय सक्ने, महानिर्देशक नै परिवर्तन गर्ने र जेठ १५ को बजेटमा आर्थिक ऐनबाटै मिनाहा गराउने खेल भइरहेको जानकार एक सचिव बताउँछन् ।

‘आर्थिक ऐनमा दण्ड र जरिवाना मात्रै मिनाहा गर्दा पनि धेरै पैशा घट्ने हुन्छ’ ती सचिवले भने ‘तर सकेसम्म त्यो पनि तिर्न नपरे हुन्थ्यो भनेर राजनीतिक नेतृत्वलाई प्रभावमा पार्दै आजका मितिदेखि मात्रै कर लाग्ने बनाउन सके त्यो पनि तिर्न नपर्ने दाउमा देखिन्छ, जसमा राजनीतिक नेतृत्व चुके राज्यलाई अरबौँ नोक्सान हुन्छ ।’

अनुसन्धानको दायरामा आउन सक्ने सबै बैङ्कहरूले तिर्नु पर्ने रकम जोड्दा एनसेल भन्दा धेरै रकम हुन आउने जानकारहरूको भनाई छ । मुलुक आर्थिक सङ्कटको जर्जर अवस्थाबाट गुज्रिरहँदा राज्यले उठाउनु पर्ने करमा कुनै सम्झौता गर्न हुँदैन । – यो खबर प्रसाशन डटकम बाट साभार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?