© 2021-2024
१८ फागुन, एजेन्सी। चीनमा टाढाको भाैतिक दूरीबाट नै चुम्बन गर्न सकिने डिभाइस निर्माण गरिएको छ।
चीनको चान्झोउ भोकेसनल इन्स्टिच्युट अफ मेकाट्रोनिक टेक्नोलोजिमा टाढाको दूरीमा भएता पनि प्रत्यक्ष रूपमा नै गरेको जस्तै चुम्बनको अनुभव गर्न सकिने डिभाइस निर्माण गरेको दाबी गरिएको छ। यसमा प्रयोग गरिएका विभिन्न सेन्सरहरूले प्रत्यक्ष रूपमा गरिएको चुम्बनकै अनुभव प्रदान गर्ने बताइएको छ।
त्यस्तै, चुम्बनको समयमा यो डिभाइसले एउटा आवाज पनि निकाल्ने बताइएको छ।
अहिले सामाजिक सञ्जालमा यो डिभाइस प्रयोग गरेका भिडियोहरू सार्वजनिक भइरहेका छन्।