Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
अपडेट

गम्भीर अपराधमा मुछिएको एनआईसी एशिया सीआईबीको निगरानीमा

१७ फाल्गुन २०७९, बुधबार १९:३६

पटक–पटक अनेक विवादित प्रकरणमा मुछिँदै आएको एनआईसी एशिया बैंकको अर्को बदमासी सार्वजनिक भएको छ । बैंकमा रहेका ग्राहकको खाताबाट रकम गायव पारेको, २० करोडको ऋणमा डेढ अर्बको जग्गा हत्याउन जालसाजी गरेको, धितो लिलामीमै किर्ते गरेकोदेखि राष्ट्र बैंकको निर्देशन विपरीत कोरोना महामारीमा पनि चर्को ब्याज असुलेको जस्ता विषयमा एनआईसी एशिया विगतमा पटकौं विवादमा तानिएको थियो ।

यस क्रममा एनआईसी एशियाको अर्को बदमासी सार्वजनिक भएको छ । एनआईसी एशियाको सप्तरी राजविराज शाखाले किर्ते जग्गा र किर्ते जग्गाधनी खडा गरेर करोडौं रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ । एनआइसी एशिया बैंक राजविराज शाखाका प्रबन्धक सन्तोषकुमार यादवले किर्ते जग्गाधनी खडा गरी दुई करोड ८० लाख रुपैयाँ ऋण दिएको पाइएको हो । ऋणको रकम निकासा भएसँगै शाखाका प्रबन्धक यादव सम्पर्कविहीन भएपछि दुई हप्ताअघि यो घटना बाहिरिएको हो ।

प्राप्त विवरणअनुसार किर्ते जग्गाधनी राजविराज नगरपालिका–९ की वसिरन खातुनलाई प्रसवनी– ९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको धनी बनाइएको छ । सो जग्गा राजविराज नगरपालिका– ८ का रवीन्द्रकुमार यादवको नाममा मालपोत कार्यालयमा दर्ता छ ।

शाखाका प्रबन्धक यादव र व्यवसायी मोहम्मद समसाद खानले किर्ते जग्गाधनी प्रमाणपत्र तयार गरेर खातुनलाई जग्गाधनी बनाउनुका साथै एएस ट्रेडर्स एन्ड सप्लायर्सकी सञ्चालक रहेकी खातुनकै बुहारी नाता पर्ने राजविराज नगरपालिका–९ की आसमा खातुनलाई ऋणी बनाएका हुन् ।

प्रबन्धक यादवले स्वीकृत ऋणमध्ये २२ देखि २४ माघसम्ममा दुई करोड ३० लाख रुपैयाँ निकासा दिएका थिए । तर, घटना बाहिरिएलगत्तै प्रबन्धक यादव र व्यवसायी खान सम्पर्कविहीन भएका छन् ।

के भन्छ एनआईसी एशिया ?

नक्कली जग्गाधनी र ऋणी खडा गरेर ऋण प्रवाह गर्ने गम्भीर अपराध गरेको एनआईसी एशियाले भने यसलाई सामान्य रुपमा लिएको छ । एनआईसीका मुख्य सूचना अधिकारी सुधिरनाथ पाण्डेले यसलाई सामान्य रुपमा अथ्र्याउँदै घटनाबारे अध्ययन भइरहेको बताए ।

‘न्यूजतिर आइरहेका विषय नै हो’, अनलाइनपानासँग सूचना अधिकारी पाण्डेले भने, ‘यसबारे के–कसो रहेछ, बुझ्ने काम भइरहेको छ । अहिले सबै कुरा यकिन भइसकेको छैन ।’

सबै विषय स्पष्ट भइसक्दा पनि एनआईसी एशियाले भने के भएको भन्नेबारे नै यकिन नभएको दाबी गरेको छ । ‘हामीले कतै पनि उजुरी दिएका छैनौं’, सूचना अधिकारी पाण्डेले भने, ‘पहिला के भएको हो, त्यो नबुझि त उजुरी गर्ने कुरै भएन । बुझ्ने काम भएपछि सबै हुन्छ ।’

राष्ट्र बैंक बेखबर !

एनआईसी एशिया बैंकको यस्तो गम्भीर लापरबाहीबारे नियमनकारी निकाय राष्ट्र बैंक भने बेखबर छ । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरुमा राष्ट्र बैंककै नियन्त्रण रहन्छ भने उसैको निर्देशनअनुसार संचालन हुन्छन् । तर आफू मातहतका संस्था (एनआईसी एशिया बैंक)ले यस्तो गम्भीर अपराध गर्दा पनि राष्ट्र बैंकले आफ्नो दायित्व भुलेर सामान्य जानकारीसमेत राख्दैन ।
राष्ट्र बैंकका सुपरीवेक्षण विभागका निर्देशक देव ढकालले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘यसबारे कुनै जानकारी छैन’, उनले भने ।

निर्देशक ढकालको जवाफमा चित्त बुझाउन नसकेपछि हामीले राष्ट्र बैंकका प्रवक्ता गणाकर भट्टलाई फोन गर्ने प्रयास गर्‍यौं तर उनको फोन ‘स्वीच अफ’ भनेपछि पुनः सहायक प्रवक्ता एवं सूचना अधिकारी नारायणप्रसाद पोखरेलसँग कुरा गर्‍यौं । तर उनले पनि एनआईसी एशियाको यो लापरबाहीबारे खुलेर बोल्न चाहेनन् । यद्यपि उनले यसबारे आफू जानकार रहेको खुलाए ।

‘मैले अहिले यो बताउने हैसियत राख्दिन । यसबारे सम्बधित विभागले हेरिरहेको छ’, अनलाइनपानासँग उनले भने, ‘बरु तपाईंसँग थप केही कुरा छन् भने मेल गर्दिनुस्, म त्यहाँ कुरा गरौंला ।’

के गर्दैछ प्रहरी ?

घटना सार्वजनिक भएसँगै आन्तरिक रुपमा अनुसन्धान गरिरहेको प्रहरीले सम्बन्धित पक्षबाट खुला अनुसन्धानका लागि उजुरी कुरिरहेको छ । सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कार्कीका अनुसार प्रहरीले अहिले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको भएपनि खुला अनुसन्धानका लागि प्रहरीलाई कुनै जानकारी वा उजुरी परेको छैन ।

‘छानविनका लागि अहिलेसम्म हामीलाई लिखित तथा आधिकारिक रुपमा केही उजुरी प्राप्त भएको छैन’, उनले अनलाइनपनासँग भने, ‘तर पनि हामीले यसमा आफूले गर्नुपर्ने आन्तरिक अनुसन्धानहरु त गरिरहेकै छौं । यसमा सम्बन्धित पक्ष को–को हुन् ? दोषी र पीडित को हुन् भन्नेबारे हामी अनुसन्धानमै छौं ।’

प्रहरीका अनुसार वास्तविक जग्गाधनी राजविराज नगरपालिका–८ का रवीन्द्रकुमार यादवले पनि कुनै उजुरी गरेका छैनन् । उनले अर्कै बैंकमा सोही जग्गा धितो राखेका छन् । जग्गाधनी यादवको उक्त जग्गा मालपोतमा रोक्का नै रहेको र उनकै नाममा रहेको एसपी कार्कीले बताए । ‘हामीले केही दिनअघि वास्तविक जग्गाधनीलाई नै भेटेर बुझेका थियौं’, उनले भने, ‘मालपोतमा गएर बुझ्दा जग्गा उहाँकै नाममा रोक्का नै छ । उहाँलाई यसमा कुनै सरोकार नै भएन । किन दिनुहुन्थ्यो र उहाँले त उजुरी !’

एसपी कार्कीका अनुसार घटना बाहिरिए लगत्तै सम्पर्कविहीन भएका प्रबन्धक सन्तोषकुमार यादव भने अझै सम्पर्कमा आएका छैनन् ।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी)ले पनि यस घटनालाई निगरानीमा राखेकाे छ । जसअनुसार जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएकाे सीआईबी प्रमुख उत्तमराज सुवेदीले बताए । ‘घट्ना बाहिरिएपछि हामीले पनि यसलाई निगरानीमा राखेका छाैं’, उनले भने, ‘तर राष्ट्र बैंक, सम्बन्धित बैंक र पीडित कसैमार्फत उजुरी भने आएकाे छैन । हामीले जिल्लालाई घट्नाबारे बुझ्न निर्देशन भने दिएका छाैं ।’

 

Source : Onlinepana.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?