Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
टिप्स

वेब डेभलपरले जान्नै पर्ने केहि कुराहरु

२४ श्रावण २०७९, मंगलवार १७:३२

Photo by Lukas: https://www.pexels.com/photo/person-encoding-in-laptop-574071/

यो लकडाउनको समयमा तपाईँ सबैले एक त एक पटक त कोडिङ वा वेभ डेभलपिङ सिक्नु भएको होला। अहिलेको समयमा प्राय सबै विद्यार्थीहरूले वेबसाइट बनाउन आउँछ या सिक्दै छु भनेको पनि सुन्नु भएकै होला। आखिर कसरी बनाउन मिल्छ त वेबसाइट अनि कसको जिम्मा हुन्छ त वेबसाइट बनाउने?

वेभ डेभलपर एउटा यस्तो व्यक्ति हो जसले कोड प्रोग्रामिंगको मद्दतले वेबसाइट बनाउँछ। उनीहरूले वेबसाइट कसरी कार्य गर्छ भनेर बताउने काम गर्छन्। वेबसाइट भित्रका प्रक्रियाहरू पनि उनीहरूले नै निर्माण गर्छन्।

वेभ डेभलपर हुनु फिटिक्कै पनि सजिलो हुँदैन। टिभी या चलचित्रमा देखाइने वेभ डेभलपरले जस्तो सररर लेखेर कोही राम्रो वेभ डेभलपर बन्न सक्दैन। एउटा सक्षम वेभ डेभलपर बन्नुको लागि वेबसाइटको सिँगार पटारदेखि लिएर भित्री प्रक्रियाहरूको सही रूपमा कार्य बुझ्नु आवश्यक छ। त्यति मात्र नभएर उनीहरूले हामीले बुझ्ने भाषा लिनुपर्छ र यसलाई कम्प्युटरले बुझ्ने भाषामा अनुवाद गर्नुपर्छ।

फ्रन्ट इन्ड डेभलपर र ब्याक इन्ड डेभलपर दुई प्रकारका वेभ डेभलपरहरु हुन्। फ्रन्ट इन्ड डेभलपरले वेबसाइटको बाहिरी भाग मिलाउँछ। उनीहरूको प्रमुख जिम्मेवारी वेबसाइट आगन्तुकहरूले पृष्ठसँग सजिलै अन्तरक्रिया गर्न सक्छन् भनेर सुनिश्चित गर्नु हो। त्यसै गरी ब्याक इन्ड डेभलपरले वेबसाइटको पछाडिको निर्माण र हेर देखको जिम्मा लिन्छ।

आखिर के विषयहरू सिक्न र जान्न आवश्यक छ त वेब डेभलपरलाई?

१. HTML / सीएसएस (CSS) / जेएस ( JAVA SCRIPT)

हरेक विकासकर्ताले सबैभन्दा पहिले सिक्नु पर्ने सिप वा ज्ञान नै यी तिन विषयमा हो। यी तीन आधारहरू अर्थात् HTML, सीएसएस र जाभा स्क्रिप्ट हुन्।

  • तपाईँले फ्रन्ट इन्डको निर्माणमा HTML र सीएसएस (CSS) प्रयोग गर्नुहुनेछ। तपाईँले धेरै HTML ट्यागहरू विभिन्न उद्देश्यहरूको लागि प्रयोग गर्न सक्नुहुन्छ। वेबसाइटमा अनुच्छेद कसरी लेख्ने, कता वाक्य छुट्टाउने, लेखिएको चिजलाई कसरी मिलाएर राहने जस्ता कुराहरु पर्दछन्।
  • सीएसएस (CSS) को प्रयोग वेबसाइटका धेरै भागहरूको शैली, डिजाइन, ले आउट र कसरी HTML तत्त्वहरू स्क्रिनमा प्रदर्शन गर्ने भनी निर्णय गर्दछ।
  • जाभा स्क्रिप्ट आजकल मागमा एकदम उच्च छ। तपाईँको HTML पृष्ठहरू अन्तरक्रियात्मक बनाउनको लागि यो जिम्मेवार हुन्छ।

२. गिट र गिटहब

यो एउटा वेब विकासकर्ताको रूपमा जान्नै पर्ने महत्त्वपूर्ण विषय हो। यसले तपाईँलाई तपाईँको सबै कोडका कार्यहरू एकै स्थानमा व्यवस्थापन गर्न मद्दत गर्दछ। यसबाट हामीले आफ्नो कार्यलाई भण्डारण गर्नुको साथ साथै साथीहरूसँग वा टोली सदस्यसँग साझेदारी गर्न सकिन्छ।

३. ब्राउजर डेवटूल्स

लेख्ने बेलासम्म मस्त लेख्ने अनि अन्तिममा गएर एउटा सानो गल्तीले पुरै कोड नै नचल्ने पिर एउटा वेब डेभलपरलाई मजाले थाहा हुन्छ। यस्तो समस्या बारम्बार नआओस् भनेर देवटुल्सहरुको निर्माण भएको हो। क्रोम देव उपकरणहरूको आवश्यकता आउँछ।

तपाईँ ब्राउजर डेभटूलहरू प्रयोग गरेर धेरै चीजहरू गर्न सक्नुहुन्छ। जस्तै डिबगिंग, HTML तत्त्वहरू सम्पादन, सीएसएस गुणहरू सम्पादन जस्ता कार्यहरू तपाइले ब्राउजर डेवटूल्समा गर्न सक्नुहुन्छ।

४. समस्या समाधान र खोजी

यदि तपाईँ वेब विकासकर्ता भएर काम गर्न चाहनुहुन्छ भने तपाईँसँग निश्चित रूपमा केही समस्या समाधान र खोज कौशल आवश्यक हुन्छ। डाटा संरचनाहरू र एल्गोरिदमको माध्यमबाट, चुनौती, पजलजस्ता समस्याको समाधान गर्न सहज हुन्छ। तपाईँ यो सीपमा पोख्त हुनु आवश्यक छैन तर महत्त्वपूर्ण कुरा यो हो कि तपाईँ ती सीपहरू प्राप्त गर्न अभ्यास गरिरहनुहुन्छ।

५. फ्रेम वर्क

फ्रेम वर्क एउटा यस्तो फ्रेम हो जसमा तपाईँ आफ्नो वेबसाइट अझै छिटो अनि सरल तरिकाले बनाउन सक्नुहुन्छ। यो सामान्यतया एक पुस्तकालय वा सफ्टवेयरको केही टुक्रा जस्तै हो। प्रोग्रामरले काम गर्दा सुरुबाट नै सुरुवात गर्न आवश्यक छैन जब कि तपाईँसँग उपकरणहरू छन्।

६. कोडको रिफैक्टरिंग (Refactoring)

रिफ्याक्टरिङको अर्थ तपाईँको कोडलाई अनावश्यक कोडबाट बचाएर छोटो पार्नु हो। यसबाट तपाइले प्रोजेक्टमा प्रयोग नगरिएको कोडहरू निकाल्नु हुन्छ। यसो गर्दा तपाईँको कोड सफा हुनुको साथ साथै अरूले बुझ्न योग्य पनि बन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?