Trending:

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ – प्रविधिमन्त्री रेखा शर्मा नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ: रेखा शर्मा आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल अब अनलाइनबाटै यसरी प्राप्त गर्न सकिन्छ सिंहदरवार प्रवेश पास नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने
ग्याजेट्स

रातभरि फोन चार्जमा राख्नु ठिक हो त?

२६ श्रावण २०७९, बिहीबार १३:२८

“ओहो मेरो फोनको ब्याट्री त ५% भएछ, अब रात भरि चार्ज गरेर छोड्छु।” यस्तो भन्नेमा के तपाईँ पनि पर्नु हुन्छ त? यदि पर्नु हुन्छ भने यो बुझ्नुहोस् कि तपाइले आफ्नो फोनलाई बिस्तारै बिस्तारै मृत्युको मुखमा लग्दै हुनुहुन्छ। कसरी त?

हामीले फोनमा प्रयोग गर्ने ब्याट्री लिथियम ब्याट्री हो। यो प्रकारको ब्याट्री प्रयोग गर्दा केही कुराहरू ख्याल गर्नु पर्ने हुन्छ। लिथियम ब्याट्री एकदमै नाजुक हुने हुँदा यसलाई बढी दबाब दियो भने छिटै यसको आयु सकिन्छ। यस कारण हामीले हाम्रो ब्याट्रीलाई एकदम विशेष ख्याल गरेर प्रयोग गर्नु पर्दछ।

के रात भरि फोन चार्ज गर्नु ठिक होइन त?

रात भरि फोनलाई चार्जमा राख्नु भनेको रातभर फोनको ब्याट्रीलाई काममा लगाउनु जस्तै हो। तपाइले सोच्नु होला १००% पुगेपछि त ब्याट्री आफै चार्ज हुन रोकिन्छ। अनि कुनै विद्युतीय शक्ति नखाने हुँदा फोनलाई रात भर चार्जमा राख्नुले केही असर गर्दैन। तर यो सही होइन। हाम्रो ब्याट्री लगभग चार्ज १००% पुग्न आटे पछि यसले एकदम थोरै विद्युतीय शक्ति लिएर १००% पुर्याउछ। त्यस पश्चात् त्यो १००% ९९% मा झर्ने बित्तिकै ब्याट्रीले फेरी १००% बनाउन शक्ति तान्छ। यसले गर्दा फोनमा रात भरि नै ब्याट्रीले काम गरिरहन्छ।

अर्को कुरा लिथियम ब्याट्रीलाई यदि धेरै विद्युतीय शक्ति दियो भने यसमा ब्लोटिंग भएर चाहिने भन्दा बढी रासायनिक प्रक्रिया हुने हुँदा यसलाई बढी दबाब दिनु ठिक हुँदैन।

कति प्रतिशत चार्ज गर्नु ठिक त?

लिथियम ब्याट्री सबैभन्दा बढी प्रभावकारी रूपमा काम गर्ने साथै लामो समयको लागि टिक्ने बनाउन यसलाई ३०% देखि ८०% को बिचमा राखेर चलाउँदा सबैभन्दा राम्रो हुन्छ।

ब्याट्रीलाई १०% मा पुर्‍याएर चार्ज गर्दा पनि ब्याट्रीलाई एकै पटकमा बढी दबाब हुने हुँदा त्यसले ब्याट्रीको क्षमता घटाउन सक्छ। त्यस कारण ब्याट्रीलाई सही रूपमा प्रयोग गर्न त्यसको चार्जलाई ३०% भन्दा तल झर्न नदिएको नै राम्रो हुन्छ।

यी सुझावहरू ख्याल गरेर लागु गर्नु भयो भने तपाईँ आफ्नो ब्याट्रीको आयुलाई अझ बढी बनाउन सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?