Trending:

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
अपडेट

CG Net को इन्टरनेट सेवामा बारम्बार समस्या, सेवाग्राही आक्रोशित !

१४ फाल्गुन २०७९, आईतवार ०९:३७

काठमाडौँ । सिजी नेटको इन्टरनेट सेवामा पुनः समस्या देखा परेको छ। इन्टरनेट नचलेको र ग्राहक सेवा केन्द्रमा समेत सम्पर्क हुन नसकेको भन्दै सेवाग्राहीहरू एकाएक सामाजिक सञ्जालमा आक्रोशित बन्दै खरो उत्रिरहेका छन्।

इन्टरनेट हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ, यति धेरै, कि संयुक्त राष्ट्रले पनि इन्टरनेट पहुँच मानव जातिको एक आधारभूत अधिकार हो भन्छ। यद्यपि सबैको धारणा एकै नहोला तर व्यावसायिक आवश्यकताहरूदेखि व्यक्तिगत मनोरञ्जनसम्म आधारभूत डिजिटल समाजीकरणसम्म, इन्टरनेटमा हाम्रो निर्भरताले हाम्रो जीवनलाई अन्तरसम्बन्धसित आनन्द प्रदान गरेको छ।

बढ्दो पूर्वाधार, किफायती, र यसको पहुँचको आधारमा भन्ने हो भने इन्टरनेटको प्रयोगकर्ता बढ्दो सङ्ख्यामा मात्रै देख्न सकिन्छ।

नेपालमा इन्टरनेट सेवा प्रदायकहरु बिच पछिल्लो समय निक्कै नै कस्सा कस्सि चलिरहेको छ, उक्त कस्सा कस्सिको श्रेय भने CG Net लाई नै जान्छ। विगतमा ८० एम्बिपिएस ब्यान्डविथ भन्दा माथिको स्पिडमा इन्टरनेट नदिएका उक्त सेवा प्रदायकहरू अहिले २०० भन्दा माथिको ब्यान्डविथको इन्टरनेट उपलब्ध गराउँदै आएका छन्।

धूमधाम फुर्तिफार्तिका साथ सस्तोमा गुणस्तरीय इन्टरनेट सेवा दिने भन्दै प्रचार- प्रसार गरिएको १२० एम्बिपिएस ब्यान्डविथको CG Net २० देखि ५०एम्बिपिएस ब्यान्डविथ को दायरामा चल्छ भने फाट्टफुट्ट ५० कट्ने सम्भावना रहन्छ।

नेपाली इन्टरनेट सेवा प्रदायकहरूले देखाएको परम्परागत ठगीको धन्दा त छोडेन नै, अझ अरूको तुलनामा यसको ग्राहक सेवाको पाटो झनै खराब छ, केही मुख्य ठाउँहरूमा मात्रै बिस्तार हुँदै आइरहेको उक्त इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकहरूलाई भने खास्सै चासोको विषय बनाएको देखिदैंन, इन्टरनेटमा समस्या आएर फोन गर्दा होस् या अन्य सहयोगका लागि होस् ग्राहक सेवा केन्द्रले न त कल नै रिसिभ गर्छ न त समस्या बताइसकेपछि चुस्त समाधान हुन्छ।

कम्पनीको वेबसाइटसहित ग्राहक समर्थन च्यानलहरू, फोन लाइनहरू र अनलाइन च्याट सेवाहरूसमेत बन्द भएसँगै उपभोक्ताहरूले सम्पर्कसमेत गर्न सकेका छैनन् ।

गुनासो नै पोख्ने ठाउँ नपाएपछि धेरै ग्राहकहरू निराशा र चिन्ता व्यक्त गर्न सोसल मिडियामा गएका छन्। आफूहरू धेरै समयदेखि इन्टरनेटविहीन भएको र कम्पनीबाट कुनै प्रतिक्रिया नपाएको उनीहरूको भनाई छ ।

इन्टरनेटको समस्याबारे कम्पनीले कुनै सम्बोधन गरेको छैन । के कारणले बिग्रेको हो र कहिले बन्छ भन्नेसम्म जानकारी नगराएपछि ग्राहकहरूमा थप अन्यौलता छाएको छ । यसबारे हामीले कम्पनीमा सम्पर्क गर्न खोज्दा समेत सम्पर्क हुन सकेको छैन।

९ सय ९९ रुपैयाँमै १२० एमविपिएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा बटुलेको सिजी नेटले ६ सय ४९ रुपैयाँमै पचास एमविपिएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ समेत ल्याएको थियो तर यति बेला भने ग्राहकको फोन नै उठाउन नसक्ने अवस्थामा आई पुगेको छ ।

फाट्टफुट्ट इन्टरनेट सेवामा समस्या सबै सेवा प्रदायकहरूको आउँछ तर उनीहरू सँग छिट्टै सम्पर्क हुने र समाधान हुने एउटा राम्रो पक्ष पनि छ। त्यति मात्रै हैन प्रचारबाजीमा नलागेका तर गुणस्तरीय सेवा प्रदान गरिरहेका इन्टरनेट सेवा प्रदायकहरू पनि केही मात्रामा नभएका हैनन् छन् जसले पूर्व योजना अनुसार मर्मत गर्नुपर्ने ठाउँका सेवाग्राहीलाई पूर्व जानकारी गराउँछन् र सेवा सुचारु पश्चात् समेत जानकारी गराउँछन्।

यस्तै समुदायमा CG जस्ता चतुर र ठग सेवा प्रदायकहरू पनि छन् जसले न कुनै सेवा अवरुद्ध पूर्व जानकारी गराउँछन् न सेवा सुचारु मा नै, हुन त जानकारी नै गराएर चलाउनको लायक इन्टरनेट नै यसले कहिले पो दिन सकेको छ र ? CG Net को यस्तो किसिमको कमजोरी र लापर्वाहिले सेवाग्राहीमा मात्रै असर परेको छैन यसले पुरै नेपाली समाज, डिजिटल नेपालको पूर्वाधार विकास लगायतका आधारहरूको समेत खिल्ली उडाएको छ। राजनैतिक संरक्षण कै आधारमा जे पनि गर्नुहुने भन्ने मानसिकता बोकेको CG Group ले नेपाली इन्टरनेट जगतलाई मिठो ललिपप देखाएर नमिठो सङ्गले लोप्पा ख्वाएको छ।

यो पनि पढ्नुहोस् :

इन्टरनेट जडान गर्दा ध्यान दिनुपर्ने कुराहरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?